संकास्पद औषधि बोकेको ट्रक र मानिस नियन्त्रणमा ।

बिरगंज , भदौ २७ गते आइतबार ।

सूचना परिचालन तथा प्रहरी कारवाहीको सिलसिलामा ना.३ ख १३३५ नम्बरको ट्रकमा शंकास्पद किसिमका औषधिहरू रहेको भन्ने सूचना प्राप्त भई मिति २०७८।०५।२६ गते २१:३० बजे जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं.१६ नगवामा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले उक्त ट्रकलाई रोकी जाँच गर्दा ट्रकभित्र मूल्य रु.१३,४८,७७६।– ( तेह्र लाख अड्चालिस हजार सात सय छयहत्तर) बराबरको Polybion 250 ml Syrup ७८६ कार्टुन रहेको तर आयात गर्न आवश्यक पर्ने ईजाजत प्राप्त चिकित्सकको स्वीकृति पत्र लिएको नपाइएकोले उक्त ट्रक, औषधि र चालक जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं.२ वस्ने वर्ष ३० को सरोज मियाँलाई आवश्यक कारवाहीको लागि आजै औषधि व्यवस्था विभाग शाखा कार्यालय पर्सा वीरगञ्जमा पठाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रल्हाद कार्कीले जानकारी गराउनु भयो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close