
श्री द्वार देवि माध्यमिक विद्यालय वडा नं १७ मा रसायनिक अभ्यास छिटो छरितो बनाउने उद्देश्यले रसायनशास्त्रका प्रयोगात्मक अभ्यासहरु विद्यार्थीहरु ले सहज तरिकाले गरिरहेका छन । रसायनशास्त्रमा गराइने प्रयोगात्मक अभ्यासमा कसरी विद्यार्थीहरुलाई आकर्षित गराउने सकिन्छ भनेर विभिन्न प्रयोगात्मक कार्यहरु गर्नका लागि विद्यार्थीहरु लाई तालिम दिनुको साथै अभ्यासहरु समेत गराइरहेको श्री द्वार देवि माध्यमिक बिधालय का प्रधानाध्यापक श्री दयाकान्त झा ले बताए । उक्त विधालयका विद्यार्थीहरु ले विभिन्न किसिम को रसायन प्रयोग गरेर ग्यास बनाइ फुलाउना भरेर देखाएका थिए ।
पहिला पहिला रासायनिक अभ्यास गर्न झन्झटिलो हुने र विद्यार्थीहरुको रुचि पनि कम हुने हुदा यस विषयमा धेरै विद्यार्थीहरु असफल हुने गरेका थिए । विज्ञान विषयको पठनपाठन प्रभावकारी बनाउन सैद्धान्तिक कक्षाको साथ साथै प्रयोगात्मक कक्षामा पनि त्यतिकै जोड दिनु आवश्यक रहेको ले प्रयोगात्मक कक्षामा पनि त्यतिकै जोड दिएको उक्त बिधालयका बिज्ञान विषयका शिक्षक मुस्ताक रजाले बताए ।
विज्ञान प्रमाणमा आधारित हुन्छ। विज्ञानको विशेषता भनेकै प्रमाणिकता र प्रयोगहरू हुन्। विद्यार्थीले कक्षामा पढेका वा सिकेका विज्ञानका सिद्धान्त, सूत्र तथा प्रक्रिया प्रयोगशालामा ठोस प्रयोगद्वारा प्रमाणित भएको हुनुपर्छ। विद्यार्थी आफँैले प्रयोगशालामा ती सिद्धान्त प्रयोगमार्फत् प्रमाणित गर्न सक्नुपर्छ। विज्ञानमा सिद्धान्तबिनाको प्रयोग अर्थहीन हुन्छ र प्रयोगबिनाको सिद्धान्त अधुरो। त्यसैले विज्ञानमा सिद्धान्त र प्रयोग दुवैको त्यत्तिकै महत्व छ। विद्यार्थीमा वैज्ञानिक सोच र उत्सुकता विकास गर्न पनि विद्यालय तहदेखिनै गुणस्तरीय विज्ञान शिक्षा प्रदान गर्नु जरुरी छ।




