
श्रीमानले बिदेशमा पसिना बगाएर कमाएको ८० लाख लिएर श्रीमती अर्कै केटासँग फरार भएको छ । यो घटना धनुषा जिल्लाको हो । धनुषाधाम नगरपालिका ३ सिकयाहा बस्ने राम जिवन
मुखियाको पत्नि कविता कुमारी मुखिया ८० लाख लिएर फरार भएका छन्।
राम जिवन करिब २०-२२ बर्ष देखि बिदेश (कतार) बस्दै आइरहेका छन् । उहाँको बिहे भएको १३ बर्ष भइसक्यो उहाँको सात बर्षको छोरी र ३ बर्षको छोरा घरमा छन् । ति दुईटै छोरा छोरीलाइ घरमा छाडेर उहाँको श्रीमति ठिल्ला भठियन बस्ने बिबेक मुखिया नाम गरेको केटासँग ८० लाख रुपैयाँ लिएर फरार भएका छन् । बिबेक मुखिया टिकटक स्टार भनेर पनि चिनिन्छ। उहाँको टिकटक आइडी @bibekbhai221 हो ।
श्रीमान राम जिवनले कतारमा कमाएको पैसा र घडेरी बेचेर राखेको पैसा गरि जम्मा ८० लाख लिएर दुवै जना भागेका छन् । घरमा दुइटै बच्चाको विजोग भएको सुनेर राम जिवन कतारबाट अहिले घर आएका छन। madheshpradesh




