
राहुल गुप्ता
पर्सा/२४ असोज। पर्सामा नापी कार्यालयको कर्मचारीहरुले सेवाग्राहीसँग खुलेआम घुस रकम लिएर काम गर्ने गरेको समाचार प्राप्त भएको छ। वीरगंज स्थित नापी कार्यालयका कर्मचारीहरुले सेवाग्राहीसँग किताकाट,ब्लु प्रिन्ट लगायतका काममा विचौलिया तथा कर्मचारीहरु आफैँले खुलेआम अतिरिक्त रकम लिने गरेको पाइएको हो।
अमिन,सर्वेक्षकले किताकाट गर्दा साधारणमा ५००/-देखि १०००/- एक हजार लिने गर्दछन् भने नियम सँग नमिल्ने खालको किताकाटमा ५०००/- हजार देखी लाखौ लाख सम्मको बार्गेनिङ गरेर लेखनदास/बिचौलिया सँग कुरा मिलाए किताकाट गर्ने गर्दछ भनि नापि कार्यलय पर्सामा कार्यरत एक कर्मचारीले नाम नलेख्ने सर्तमा बताएका छन्।
नापी कार्यालयका कर्मचारी र लेखापढी व्यवसायीहरुको सेटिङमा सेवाग्राहीसँग घुस लिएर मात्र कागजी प्रक्रिया अगाडि बढाउने गरेको पीडित सेवाग्राहीहरु बताउँछन्। लामो समयपछि किताकाट खुलेकाले सेवाग्राहीको चाप बढेकाले नापी र मालपोतबाट हुने सबैखालका काम विनाघुस नहुने नाम उल्लेख नगर्ने सर्तमा नापि कार्यलयकै एक कर्मचारीले बताए।
नापि कार्यलय पर्सामा नापि कार्यलय प्रमुख नारायण श्रेष्ठ र नापि अधिकृत नागेन्द्र महतो,शिवबालक साहको सेटिङमा तथा हरेक फाटको अमिन सर्वेक्षकको मिलोमतोमा घुस लिएर कागजि प्रक्रिया अगाडि बढाउने नत्र सेटिङ नमिलेपछि कागजी प्रक्रियामा नमिलेको भनि आलटागरि दुखदिने गरेको समाचार प्राप्त भएकोछ।
प्रत्येक दिन कुन फाटमा कति किताकाट र हाल साबिक भयो त्यो फाट अनतर्गत पर्ने अधिकृत ले गन्ति गरि राखछ र अफिस टाइम सकेपछि अधिकृत फाँटमा गइ अमिन,सर्वेक्षक सँग सेटिङ भएको पैसा माग्न जान्छ वा अमिन सर्वेक्षकले आफै अधिकृत सँग भेटेर पैसा दिएर जान्छन्।
पर्साका अधिकांश भीडभाड हुने अडाहरु मालपोत कार्यालय,नापी कार्यालय, भूमि सुधार, जिल्ला प्रशासन कार्यालयमा दिनहुँ सेवाग्राहीहरु ठगिने गरेको गुनासो आइरहेको हुन्छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको यस तर्फ ध्यान जान जरुरी देखिन्छ।