पर्साको जानकिटोलाबाट ५१ कार्टुन चल्ला बरामद ।

बिरगंज , असोज १४ गते बिहीबार ।

अवैध रुपमा भारतबाट प्रतिबन्धित बोइलर कुखुराको चल्ला ल्याई रहेको अवस्थामा पर्सा प्रहरीले पर्साको जगरनाथपुर गाउँपालिका वडा नम्बर २ जानकी टोलबाट ५१ कार्टुन चल्ला बरामद गरेको छ ।

बिआर २२ एम २२५१, बिआर २२ एफ ८६९५, र एउटा नम्बर नखुलेको प्लाटिना मोटरसाइकलमा लोड गरी भारतबाट नेपालतर्फ ल्याउने क्रममा इलाका प्रहरी कार्यालय जानकी टोलबाट खटिएको प्रहरीले कुखुरा बरामद गरेको हो । प्रहरीका अनुसार एक कार्टुनमा करिब ८० वटा कुखुराको चल्लाहरू रहेका छन् ।

प्रहरीलाई देखेपछि मोटरसाइकल र कुखुरा छोडेर तस्कर फरार भएको प्रहरीले जनाएको छ । बरामद ४ हजार भन्दा बढी कुखुराको चल्ला इलाका प्रहरी कार्यालय जानकी टोलको नियन्त्रणमा रहेको र चल्लालाई आवश्यक कारबाही पुरा गरी नष्ट गरिने जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिनुभयो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close