वडा अध्यक्ष महिन्द्र प्रसाद चौहानको झुटो आश्वासनले वडावासी निराश

हबिबुल्लाह समानी

पोखरीया नगरपालिका वडा नं ५ का वडा अध्यक्ष महेन्द्र प्रसाद चौहान ले चुनाव को बेला घोषणा गरेको चुनावी घोषणा पत्र कागज मा मात्र सिमित रहेको वडा नं ५ का वडा वासीहरु ले बताएका छन । वडा अध्यक्ष ले घोषणापत्र अनुसार एउटा पनि काम गर्न नसकेको तथा वडा को विकाश भन्दा पनि आफ्नो ब्यक्तिगत बिकासमा मात्र ध्यान दिने गरेको स्थानीयहरु बताउने गरेका छन ।

त्यस्तै ग्यास चुलो र सिलिण्डर बाड्न भनेर बिगत दुई वर्ष देखि आश्वासन दिदै आएका वडा अध्यक्ष चौहानले अब पोखरीया नगरपालिकाले टेन्डर बापत ग्यास र चुलो खरिद गरेर बाड्ने बताइरहेका छन । ग्यास र चुलो पाउने आशामा लामो समय देखि पोखरीया नगरपालिका वार्ड न:५ का जनताहरुले दिनहु पर्खिरहदा यसको टेन्डर अहिले भएकोले अब कत्ती दिनमा पर्खिने उनिहरु निराश हुन थालेका छन । दुई वर्ष पहिला नै ग्यास र चुलो बाड्ने भनेर सब वडा बासी को नाम लेखेर वडा अध्यक्ष ले लगेको तर अहिले सम्म पनि ग्यास चुलो नपाएका जनताहरूलाई अझ कति दिन तड्पाउने हो एक युवाले गुनासो गरेका छन ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close