
बिरगंज , मंसिर २५ गते बिहीबार ।
जिल्ला पर्सा सखुवाप्रर्सौनी गा.पा.वडा नं.२ श्रीपुर पचगवा स्थित ई.प्र.का. पटेर्वासुगौलीबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा जिल्ला पर्सा पर्सागढी न.पा. वडा नं.९ हरिहरपुर बस्ने बर्ष ३७ को भिम प्रसाद यादव र ऐ.ऐ. बस्ने बर्ष २२ को घनश्याम यादवले चलाउदै गरेको BR 22 A P 8823 नं.को पल्सर मो.सा. रोकी चेकजाँच गर्दा निजको साथबाट लागु औषध (चरेस) १० पोका (५ किलो) फेला पारी BR 22 A P 8823 नं.को पल्सर मो.सा. समेत दुबै जनालाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय पर्सामा ल्याई अनुसन्धान कार्य भईरहेको पर्सा प्रहरीले जनाएको छ ।
आफ्नो प्रतिक्रिया दिनुहोस




