
राहुल गुप्ता
वीरगंज, पर्सा
रोट्रयाक्ट कल्ब अफ वीरगंज युनाइटेडले काली माता मन्दिरमा सरसफाई गरेको छ।
दसै लाइ लक्षित गर्दै रोट्रयाक्ट कल्ब अफ वीरगंज युनाइटेडका मेम्बरहरुले दोस्रो वर्ष पनि वीरगंज स्थित आदर्शनगरमा अवस्थित काली माता मन्दिरमा सरसफाइ कार्यक्रम लाइ निरन्तरता दिएको छ।
रोट्रयाक्ट कल्ब अफ वीरगंज युनाइटेडका अध्यक्ष पियुस अग्रवालको अध्यक्षतामा भएको सरसफाई कार्यक्रममा १५ जना सदस्यहरु मिलेर सरसफाई गरेकाछन साथै आउने दिनमा दशै लक्षित अरु पनि कार्यक्रम हुने रोट्रयाक्ट कल्ब अफ वीरगंज युनाइटेडका अध्यक्ष पियुस अग्रवाल ले जानकारी दिए।
आफ्नो प्रतिक्रिया दिनुहोस