
हबिबुलाह समानी
वीरगन्ज पर्सा २२ कार्तिक
चाडपर्व नजिकिए संगै ब्यापारीहरुले समान मा अनाधिकृत मूल्य अभिवृद्धि गरेको गुनासो बढ्दै गएको कारण आज पोखरिया नगरपालिका का उपमेयर रुबि ठाकुरले अनुगमन गरेकी छिन । पोखरिया नगरपालिकाको कार्यालय मा दैनिक रुपमा स्थानीयहरूले गुनासों बढदै गएपछी अनुगमन शुरु गरिएको छ ।
उप-मेयर रूबी कुमारी ठाकुरको नेतृत्व नगरपालिकाको निमित प्रमुख प्रशासकीय अधिकृत अजय श्रीवास्तव, शिक्षा शाखा प्रमुख विजय कुमार झा,पोखरिया अस्पतालको पशु सेवा शाखा प्रमुख कौशलेंद्र झा, सामाजिक विकास शाखा प्रमुख बाल्मिकी रौनियार , ललन पटेल ,पोखरिया नगरपालिकाको नगर प्रहरीको टोली,पत्रकार लगायत सरोकारवालाहरुको रोहबरमा अनुगमन गरिएको छ ।
पोखरिया बजारमा रहेको मासु पसल,कास्मेटिक पसल ,किराना पसल ,औषधी पसल लगायतका पसलहरूमा अनुगमन गरिएको छ । अनुगमन को क्रममा म्याद गुज्रिएको समान बेचबिखन गरिरहेको तथा अनाधिकृत रुपमा मूल्य अभिवृद्धि गरी समान बेची रहेका ३ वटा पसललाई कारवाही गरिएको छ।




