लालबन्दीमा बाणिज्य , आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय पर्साले ३ वटा फर्मलाई उपभोक्ता संरक्षण एेन , २०७५ अनुसार कार्वाही ।

सर्लाही , लालबन्दी , कार्तिक ०४ गते मंगलवार ।

वाणिज्य, आपूर्ति तथा उपभोत्ता संरक्षण कार्यालय पर्साका निमित कार्यालय प्रमुख जित बहादुर भण्डारीको नेतृत्वमा जिल्ला प्रसाशन कार्यालय सर्लाही ,इलाका प्रहरी कार्यालय लालबन्दी सर्लाही, घरेलु तथा साना उधोग कार्यालय सर्लाही, लालबन्दी न. पा. को कार्यालय सर्लाही समेतको टोलीले आज मंगलवार लालबन्दी बजार अनुगमन गरेको थियो ।

अनुगमन गर्ने क्रममा तीन पसललाई कार्वाही गरिएको थियो ।उक्त पसलहरुलाई उपभोत्ता संरक्षण ऐन, २०७५ बमोजिम जरिवाना समेत गरिएको थियो ।

तीर्थरमण राइस मिल, लालबन्दी ७ सर्लाहीले विना इजाजत सन्चालन गरेकोले रु ५०,०००/- (पचास हजार ) , आशिर्वाद किराना पसल लालबन्दी ७ सर्लाहीले मूल्य सूची नराखेकोले रु. ५०,०००/-(पचास हजार ) र सिटी डिपार्टमेन्ट स्टोर्स लालबन्दी ७ सर्लाहीले इजाजत विना कारोबार गरेकोले रु. ५०,०००/-( पचास हजार) गरि जम्मा १,५०,०००/- जरिवाना गरिएको वाणिज्य,आपूर्ति तथा उपभोत्ता संरक्षण कार्यलय वीरगन्जका सूचना अधिकारी दिलिप खंग खत्वे ले पर्सा पोस्टलाई जानकारी दिनु भएको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close