ट्राफिक नियम सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न

ट्राफिक नियम सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न

राहुल गुप्ता
आज सेवा समुह नेपाल र जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साको सहकार्य तथा आयोजनामा वीरगंज पब्लिक कलेजमा ट्राफिक नियम सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ जिल्ला ट्राफिक कार्यलय पर्सा ले जनाएको छ।

उक्त कार्यक्रममा ट्राफिक नियम बारे जानकारी गराइएको छ। अहिले दुर्घटना दिनप्रतिदिन बढदै गएको कारण र यसलाई रोकथाम गर्ने उपाए बारे जानकारी गराइएको थियो । कार्यक्रम बारे जानकारी गराउदै सेवा समूह नेपाल का अध्यक्ष निकेतन पुरी ले ट्राफिक नियम सबैले जानोस् र मानोस भने उदेश्य बोकेर ठाउँ ठाउँमा यस्तो कार्यक्रम गराउँदै हिँडेको बताए ।

आज भएको उक्त कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्सा को तर्फ बाट सहायक निरीक्षक बुद्ध खड्का ले तालिम दिदै भने सवारी साधनको बढ्दो सङ्ख्यासँगै सवारी दुघर्टनाका घटना पनि बढ्दै गएको बताए । सवारी साधनको दुर्घटनाको कारण दैनिक धेरै मानिसले ज्यान गुमाउनुका साथै कैयौँको शारीरिक रुपमा अपाङ्ग समेत हुने गरेको छन । सबैले सवारी नियमको पालना गरे त्यस्ता दुर्घटना धेरै घटाउन सकिन्छ । एक जना व्यक्तिले मात्र सवारी नियम उल्लङ्घन गरे उसले मात्र दुःख भोग्नुपर्ने होइन, अरू मानिससमेत दुर्घटनाको शिकार बन्ने गर्छ उनले बताए ।

सेवा समूह नेपाल संस्थाको तर्फ बाट संस्थाका अध्यक्ष अनिकेत पुरी,उपाध्यक्ष सिकेन्द्र साह,सदस्य सञ्जित महतो लगायतको उपस्थिति थियो।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close