
वीरगंज, पर्सा
यहि पुस ५ र ६ गते जनकपुरमा हुन गईरहेको मधेश प्रदेश सम्मेलनमा सहभागीता जनाउनका लागि नेपाली कांग्रेस पर्सा निर्वाचन क्षेत्र नं १ को बैठक नेपाली कांग्रेस पर्साको पार्टी कार्यालयमा सम्पन्न भएको छ।
नेपाली कांग्रेस मधेस प्रदेशको प्रथम सम्मेलनको तयारी तीव्र पारिएको छ । पुस ५ गते हुने प्रथम प्रदेश सम्मेलन कार्यक्रमको तयारीबारे आज पर्साको पार्टी कार्यालयमा छलफल समेत भएको छ।
धनुषामा दुई दिन सम्म चल्ने सो कार्यक्रमको पहिलो दिन अर्थात पुस ५ गते उद्घाटन सत्र तथा दोस्रो दिन पुस ६ गते प्रदेश प्रतिनिधिहरुको उपस्थितिमा बन्द सत्रको कार्यक्रम हुने कार्यतालिका रहेको छ ।
उक्त सम्मेलेनको उद्घाटन नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाद्वारा हुने जनाइएको छ ।
आज नेपाली कांग्रेस पर्साका उपसभापति रामनारायण कुर्मीको उपस्थितमा भएको बैठकमा अनुसाशन समितिका संयोजक रमेश पाण्डे,निर्वाचन क्षेत्र नं१`ख´ कार्यवाहक क्षेत्रीय सभापित अनिल सिंह,उपसभापति अनिल श्रीवास्तव,सचीव हरि यादव लगायतको सहभागी रहेको मधेश प्रदेश प्रचारप्रसार समितिका प्रदेश सदस्य राहुल कुमार गुप्ताले जानकारी गराएका थिए ।