पर्साको लंगडीमा कडा बन्यो लकडाउन

पर्साको लंगडीमा कडा बन्यो लकडाउ

बैशाख २३ गते
पर्साको लंगडी, पोखरियामा लकडाउन निकै नै सशक्त बनेको छ । गृह मन्त्रालयकाे निर्देशनमा यसरी सवारीसाधन र यात्रुलाई अावागमनमा निकै निगरानी गरिएको छ । निगरानी गर्न इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरिक्षक चन्द्र कुमार सिंह र इलाका प्रहरी कार्यालय लंगडीका प्रहरी नायब निरिक्षक बसन्त थापाको टाेलीले आफै सडकमा खटी ड्युटी मा कडाई गरेका छन ।लंगडी, पोखरिया क्षेत्रमा लक डाउन झनै कडा बन्दै गएको छ ।
दैनिक अत्यावश्यक खाद्य प्रयोजनका ढुवानीका मालबाहक गाडीहरु सवारी अनुमतिपत्रकाे पास भएकालाई मात्रै जान दिइएको र पास नभएका सवारीसाधनहरुलाई रोकेर केही समयपश्चात् अब उप्रान्त पास बनाएर मात्र गाडी चलाउन सम्बन्धित सवारीसाधन चालकलाई निर्देशन गरिएको थियो ।
बिना पास चलेका मोटरसाइकल गाडीलाई नियंत्रणमा लिएर निर्देशन दिइएको र उप्रान्त भेटिएमा जुर्माना काटने इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरिक्षक सिंहले जानकारी दिनुभएको छ।लकडाउन को पालना गराउन प्रहरी हरु ले गाउँ घरमा बिषेश निगरानी गरेका छन।गाउँ घरमा रहेको किराना पसल हरु ७ बजे देखि ९ बजे सम्म खोलन निर्देशन दिएका छन। ९ बजे पछी पसल हरु खुलेमा पसले वालाहरु लाई कार्वाही गरिने जनाए का छन।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close