
मधेस प्रदेशलाई किशोरीमैत्री बनाउने उदेश्य का साथ मधेस प्रदेश का स्वास्थ तथा जनसंख्या मन्त्री बिरेन्द्र प्रसाद सिंह ले यहाँका किशोरीहरूलाई साथी बनाएका छन् ।
‘म बालिका हो, दुलही होइन’ अभियानलाई सम्बद्ध गर्दै मधेश प्रदेशको पर्सा जिल्लास्थित पर्सागढी नगरपालिका का सामुदायिक विद्यालयका छात्राहरुले आज मधेश प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री बिरेन्द्र प्रसाद सिंहलाई भेटेर साथी बन्न आग्रह गरेपछी मन्त्री सिंहले उनीहरूको प्रस्ताव स्विकार गर्दै साथी बनाएका छन ।

अहिले मधेस प्रदेश मा विक्राल रुपलिएको रुढीबादी कुसंस्कार विरुद्ध यहाँका ११० जना किशोरीहरूले भिजन क्लब गठन गरेर विद्यालय स्तरमा महिनावारी स्वच्छता, यौन तथा प्रजनन् स्वास्थ्य र अधिकार, बाल विवाह न्यूनिकरण, बाल सहभागिता जस्ता विषयमा छलफल चलाउँदै महिलाहरूमा जागरुकता फैलाइरहेका छन् ।
कार्यक्रम लाई सम्बोधन गर्दै मन्त्री सिंहले मधेस प्रदेशमा बालिका तथा किशोरीहरूले भोग्नुपर्ने सामाजिक, मानसिक साथै यौन तथा प्रजनन स्वास्थ्यका समस्याहरुलाई निराकरण गर्न आफू सुरुदेखी नै लागि परेको बताए । महिलाहरु को लागि विभिन्न किसिमको स्वास्थ सम्बन्धि कार्यक्रम संचालनमा रहेको र आगामी दिनमा पनि यस्ता कार्यक्रम लाई पहिलो प्राथमिकता मा राखेर आयोजना गराउने उनले बताए ।
त्यसतै उक्त नगरपालिका ले एकीकृत ग्रामीण स्वास्थ्य विकास तालिम केन्द्र मार्फत पर्सागढीका किशोरीहरूलाई चेतनासँगै क्षमता विकासका लागि विभिन्न अभिमुखिकरण कार्यक्रम संचालन् गर्दै आइरहेको छ । किशोरीहरूले मात्र यस विषयमा बोलेर आफ्नो नगर र समग्र प्रदेश किशोरीमैत्री नहुने भन्दै यसका लागि जनप्रतिनिधि सहित सरोकारवाला निकायका प्रतिनिधि सबैलाई साथी बनाएर एकीकृत पहलकदमी लिन यो उपाय अपनाइएको भिजन क्लबकी लिडर मधु यादवले बताइन् ।
यसै योजना अन्तर्गत मन्त्री सिंहसँग पनि किशोरीहरुले साथीको साइनो गाँसेका हुन् ।




