
राहुल गुप्ता
बिरगंजको चिनिमिल स्थित पशुपतिनाथ मन्दिरमा आज विराट शिवगुरु महोत्सवको आयोजना बारे बैठकको सम्पन्न भएको छ । उक्त बैठकमा यहि माघ १३ गते शनिबारको दिन बिरगंज स्थित चिनिमिल आवास क्षेत्रमा विराट शिवगुरु महोत्सवको आयोजना गरिने जानकारी गराइएको छ ।
शिवशिष्य हरिन्द्रानन्द फाउन्डेसन रांची तथा शिव शिष्य परिवार बिरगंज पर्साको संयुक्त आयोजनामा सो महोत्सव हुन लागेको छ जसका लागि जनतामा व्यापक प्रचार प्रसार गरी सचेतना अभियान सञ्चालन गर्ने निर्णय समेत गरिएको छ ।
यस कार्यक्रमको मुख्य उदेश्य अहिले सनातन धर्म तथा भइरहेको कुप्रचार तथा शिव भगवान प्रती भक्तजनको मुटुमा शिव को बास होस,शिवले सबैको कल्याण गरून् जस्ता प्रेमभावले शिव प्रती आस्था जगाउन महोत्सवको आयोजना गर्न लागिएको शिव शिष्य परिवारका ओम भैया ले बताए । विश्वले शिवलाई शिष्यत्व दिएमा विश्व मानवताको उत्थानको जिम्मेवारी शिवगुरुले लिनुपर्ने बताउनुभयो । त्यस्तै उनले शिवलाई शिष्यत्व दिएमा विश्व मानवताको उत्थानको जिम्मेवारी शिवगुरुले लिनुपर्ने बताउनुभयो । गुरु शिवप्रति शिष्य हुने भावना मानव मनमा स्थायी हुनुपर्ने बताए ।
बिगत ३० वर्ष देखि नेपाल लगायत भारतमा शिवगुरु प्रति को भक्ति लाई जागरुक गर्नका लागि विभिन्न कार्यक्रम को आयोजना हुँदै आएको छ । बिरगंज मा हुने महोत्सव मा नेपाल लगायत भारत बाट एक लाख भन्दा बडि मान्छेको उपस्तिथि हुने आयोजक ले जनाएका छन।
आज भएको बैठकमा विभिन्न निर्णय गर्दै सो महोत्सव लाई भब्यरुप मा सम्पन्न गर्नका लागि सम्पुर्ण शिवगुरु का भक्तले सहयोग गर्ने निर्णय गरेका छन । उक्त बैठकमा २५० जना महिला र पुरुष को उपस्थिति रहेको थियो ।




