पोखरियामा तीन वटा अबैध भट्टी तोडफोड गरि रक्सी नस्ट गरियो।

  1. पोखरियामा तीन वटा अबैध भट्टी तोडफोड गरि रक्सी नस्ट गरियो।

बिरगंज , बैशाख २६ गते शुक्रबार ।

राजन कुमार बनिया

ईलाका प्रहरी कार्यालय पोखरियाको गस्ती टोलीले शुक्रबार पर्साको पोखरीया नगरपालिका वडा नं. ४ मा घरेलु रक्सी भट्टी तोडफोड गरिएको छ। प्रहरीले पोखरिया नगरपालिका वाड नं ४ बस्ने भुटि महतो नुनिया ,जिरजोधन महतो, र किशोरी साह कलवार समेतका व्यक्तिहरूले अबैध रुपमा संचालन गरेको ३ वटा घरेलु रक्सी भट्टी तयारी घरेलु रक्सी ५० लिटर तथा मदिरा बनाउन राखिएको तयारी कच्चा पदार्थ १००० लिटर नष्ट गर्नुको साथै भट्टी संचालन गरेको उपकरण हरु समेत बरामद गरिएको ईलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरिक्षक चन्द्रकुमार सिंहले जनाएका छन।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close