सशस्त्र प्रहरी बल नेपाल पर्साले २३ औ बार्षिक उत्सव मनाए

सशस्त्र प्रहरी बल नेपाल पर्साले २३ औ बार्षिक उत्सव मनाए

राहुल गुप्ता 

वीरगंज, पर्सा
सशस्त्र प्रहरी बल नेपाल पर्साले २३ औ बार्षिक उत्सव एक कार्यक्रम बिच मनाएको छ।

सशस्त्र प्रहरी बल नेपाल नं १३ गण पर्साको आफनै सभाहलमा २३ औ बार्षिक उत्सव मनाएको हो। जिल्ला प्रसासन कार्यालय पर्सा का प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसाल ज्युको प्रमुख अतिथिमा‌ बार्षिक उत्सव कार्यक्रमको‌ आयोजान गरिएको थियो।

उक्त बार्षिक उत्सव कार्यक्रममा सशस्त्र प्रहरी बल नेपालको व्यास क्याम्प स्थापना गर्नको‌ ठोरि गाउँपालिका निवासी मिनबहादुर गुरुङले ५ कठ्ठा जग्गामा दिनुभएको उपलक्ष्यमा उहाँलाई कदर गर्दै दोसाला ओढाएर सशस्त्र प्रहरी बल नेपाल नं१३ गण पर्साका प्रमुख प्रहरी उपरिक्षक किसन कर्मचार्यले सम्मान गर्नु भएको थियो।

त्यसतै सशस्त्र प्रहरी बल नेपालको २३ औ बार्षिक उत्सवको अवसरमा निशुल्क स्वास्थ्य शिविरमा वीरगञ्ज स्थित प्रभु हस्पिटलका मैनेजिङग् डाइरेक्टर दिलिप राज कार्की,बरिष्ठ प्रश्तुति रोग बिशेषज्ञ तथा हस्पिटल कि संचालिका लक्ष्मी थापा,डा.मनोज गुप्ता लाइ प्रमुख अतिथि तथा प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसाले सम्मन पत्र दिनु भएको थियो। त्यसतै निशुल्क स्वास्थ्य शिविरमा प्रभु हस्पिटलको तर्फ बाट सहयोग गरेका अर्थोपेडिक डा.अरबिन्द साह, फिजिसियन डा.शिव कुमार झा, डेन्टल डा.जयोति गुप्ता लाइ सशस्त्र प्रहरी बल नेपाल नं१३ गण पर्साका प्रमुख प्रहरी उपरिक्षक किसन कर्मचार्यले सम्मान पत्र दिनुभएको थियो।

सम्मान पत्र बितरण गर्दै बार्षिक उत्सव कार्यक्रमका प्रमुख अतिथी जिल्ला प्रसासन कार्यालय पर्सा का प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले मनतव्य राख्दै भने प्रहरी बिचको सम्बन्धलाई जोडदै अगडि बढन आग्रह गर्नुभयो।सहिद सशस्त्र प्रहरी को अधिकारी तथा सहिद हुनु भएको प्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्नु भएको थियो। साथै असक्त आपाङग हुनुभएका सशस्त्र प्रहरीका अधिकारी तथा जवानहरुमा शिघ्र स्वास्थ्यलाभको कामना गर्नु भएको थियो।

त्यसतै सशस्त्र प्रहरी बल नेपाल नं १३ गण पर्साका प्रमुख प्रहरी उपरिक्षक किसन कर्मचार्यले मनतव्य राख्दै भने स्थापना कालदेखि नै सशस्त्र प्रहरी बल नेपाल ले सेवा गर्दै आइरहेको सर्वबिततै छ भन्दै सशस्त्र प्रहरी ले अन्य सुरक्षा निकायहरु सँग समन्वय गरि शान्ति सुरक्षा दिदै आएको बताउनु भयो।बिपतको क्षेत्रमा सधैं काम गर्दै आएको बताउनु भयो। सुरक्षाको कारण‌मा हामि नेपाल प्रहरी, नेपाली सेना सँग समन्वय गरि कार्य गर्दै आएको बताउनु भयो।सशस्त्र प्रहरीको निति नियमा लाइ अवगत गर्दै आगाडि बढ्ने जाने र सधैँ देसको सेवामा लागिरहने परिपदता ब्यत्क गर्नु भएको थियो।

सशस्त्र प्रहरी बल नेपाल नं १३ गण पर्साको २३ औ बार्षिक उत्सव जिल्ला प्रसासन कार्यालय पर्सा का प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालको प्रमुख अतिथिमा‌ भएको कार्यक्रममा बिशिष्ट अतिथि वीरगञ्ज भन्सार कार्यालयका प्रमुख लिलाराम पन्थी अतिथि वरिष्ठ संचारकर्मी तथा बिज्ञ सञ्चारकर्मी,अवकाश प्राप्त बिशिष्ट प्रहरी,जिल्ला प्रसासन कार्यालय पर्साका सहायक प्रजिअ,कोष तथा लेखा नियन्त्रण कार्यालय पर्सा का प्रमुख केपि राम उप्रेति, जिल्ला प्रहरी कार्यालय पर्सा का प्रमुख प्रहरी उपरिक्षक कोमल शाह,सशस्त्र प्रहरी बल नेपाल नं १३ गण पर्साका प्रमुख प्रहरी उपरिक्षक किसन कर्मचार्य, राष्ट्रिय अनुसन्धान विभागका पर्सा का उप अनुसन्धान निर्देशक हेमन्त चौधरी, वीरगंज उधोग वाणिज्य संघका अध्यक्ष अनिल अग्रवाल, नेपाल उधोग वाणिज्य संघका केन्द्रीय सदस्य डा.सुबोध गुप्ता लगायतका ब्यत्किहरुको उपस्थिति रहेको थियो।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close