
बिरगंज , कार्तिक १० गते बुधबार ।
हिन्दुहरुको महान पर्व तिहार र छ्ठ नजिकै सङै त्यस्ता समयमा होटेल र रेस्टुरेन्टहरुमा अखाद्य वस्तु र डेट एक्स्पाईरि सामानहरुको खपत हुने भएकोले खाद्य प्रबिधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बिरगंज पर्साको नेतुत्वमा आज बिरगंज नगर भित्र रहेका होटेल र रेस्टुरेन्टहरुको अनुगमन गर्ने कार्य सुरु गरेको खाद्य प्रबिधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय पर्साका कार्यालय प्रमुख बिक्कि राउतले जानकारी गराउनु भयो।
बिरगंज आदर्शनगर एरियामा रहेका होटेल वन ऎलेवन लाउन्ज प्रालि , होटेल द क्लासिक , होटेल कैलास, होटेल दियालो , होटेल कन्ट्रि ईन , होटेल पुजन , होटेल मकालु र गोर्खाजन थकाली किचेनमा अनुगमन गर्ने क्रममा त्यहा रहेका किचेनहरु व्यवस्थित नरहेको , सरसफाइ नभएको , आवस्यक सरसमान छोपेर नराखिएको , फ्रीज सफा नभएको , एक्स्पाईरि सामानहरु पनि फेला पारेकोले त्यस्ता होटेललाई ३ दिन भित्र किचेन व्यवस्थित गर्न , सरसफाई र स्टोरमा भएको सामान नस्ट गर्न समेत चेतावनी दिईएको थियो ।त्यस्तो नगरे आवस्यक कानुनि कार्वाही समेत गर्ने र अटेर गरे होटेल बन्द गर्ने समेत जानकारी गराईएको अनुगमन टोलिका प्रमुख राउतले बताउनु भयो।
अनुगमनमा टोलिमा घरेलुु तथा साना उद्योग कार्यालय बिरगंज पर्साका प्रमुख रिमा साह , नायब सुब्बा अशोक पाण्डे , वाणिज्य, आपूर्ति तथा उपभोक्ता सँरक्षण कार्यालय पर्साका नायब सुब्बा रामप्रबेश यादव, जिल्ला प्रशासन कार्यालय पर्साका खरिदार ब्रहदेव यादव, बिरगंज महानगर पालिकाका खाद्य अधिकृत बिपिन लाल दास , प्रहरी चौकि आदर्शनगरका प्रहरी नायब निरीक्षक हिरा बहादुर बुढाथोकी , वीरगंज उद्योग वाणिज्य संघका मनोज कुमार दास , उपभोक्ता हित संरक्षण मञ्च बिरगंज महानगर अध्यक्ष अजित कुमार भुजेल , सन्चारकर्मि निरज पिठाकोटे मगर , जगत राई , आनन्द पटेल , संतोषमान रन्जितकार लगायतको सहभागिता रहेको थियो ।




