भोलि नेपाली कांग्रेसका महामन्त्री गगन थापा आउदै

भोलि नेपाली कांग्रेसका महामन्त्री गगन थापा आउदै

नेपाली कांग्रेसको अहिले जारी कार्यक्रम “समुदायमा कांग्रेस” अभियान सुरु भएपछि यसका लागि भोलि कांग्रेसका महामन्त्री गगन थापा पर्सा जिल्लामा आउने भएका छन। ‘समुदायमा जाऔँ,जनताका कुरा सुनौँ’ नारासहित २६ माघ सम्म चल्ने अभियानलाई सफल बनाउन नेपाली कांग्रेसका महामन्त्री अहिले जिल्ला जिल्लामा कार्यक्रम गर्दै आएका छन ।

कार्यक्रमलाई सफल बनाउन आज पर्सा क्षेत्र नं १ मा बसेको बैठकले विभिन्न निर्णयहरु गर्दै हरेक वडाबाट नेपाली कांग्रेसका नेता कार्यकर्ताहरु लाई सामिल गराउने नेपाली कांग्रेस पर्साका उपसभापति रामनारायण कुर्मी ले बताए।महामन्त्री जी को आगमन पर्सा जिल्लामा हुँदै गरेकोले आफ्नो सुझाव तथा गुनासोहरु राख्न हरेक नेपाली कांग्रेसका नेता तथा कार्यकर्तालाई उनले आग्रह समेत गरेका छन ।

आज भएको बैठक नेपाली कांग्रेस क्षेत्र नं १ का कार्यवाहक सभापति अनिल सिंहको अध्यक्षतामा बसेको थियो।त्यस्तै उक्त बैठकमा नेपाली कांग्रेस पर्साका कार्य समितिका पदाधिकारी तथा सदस्यहरु,महाधिवेशन प्रतिनिधि,वडा सभापति ज्यूहरु एवं भातृ संघ संगठनका पदाधिकारीहरु को उपस्तिथि रहेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close