
राहुल गुप्ता
नेपाली कांग्रेसको महासमति बैठक सुरू भए देखि प्रतिनिधिले आफ्नो आफ्नो मन्तव्य पनि राखेका छन। राजनीतिक स्थायित्व,रूपान्तरण र नवीनता स्वतन्त्रता न्याय र समानता नेपाली कांग्रेसको नीतिगत प्रतिवद्धता भन्ने मुल नाराका साथ महासमिति बैठक सुरू भएको हो।
यसै क्रममा पर्साका उपसभापति रहेका रामनारायण कुर्मीले आफ्नो मन्तव्य समेत राखेका छन।उनले भनेका छन्,‘पार्टीमा जहाँ समस्या छ,त्यसलाई पन्छाएर वा लुकाएर पार्टीमा नवजीवन सम्भव छैन। त्यसैले,सौम्यता र धैर्यतापूर्वक सबैको कुरा सुनौं, मनन गरौं अनि आफैंतिर फर्केर निर्मम समीक्षा गर्दै वैचारिक र सांगठनिक दृष्टिले रूपान्तरण गरी हाम्रो पार्टीलाई जन भावनाअनुसार नयाँ जीवन दिने गरी लागौं।’
विगत लामो समयदेखि पार्टी रूपान्तरण,सुदृढीकरण तथा शुद्धीकरणको लागि पार्टीभित्र निरन्तर इमान्दार प्रयत्न गर्दै आएको भन्दै कुर्मी पार्टी गतिशील र जनमुखी भइदियोस् भन्ने आम चाहना अनुरुप अपेक्षित परिणाम आइनसकेकाले आफूले नेपाली जनता र पार्टीका साथीहरुले दिएको सुझावलाई गम्भीरतापूर्वक आत्मसात गरेको बताउँछन्।




