तेश्रो मनमोहन अन्तर्राष्ट्रिय गोल्डकप डोरीतान च्याम्पीयनसिपको उपाधी एक नम्बर प्रदेशको पोल्टोमा

सुनसरीको दुहवीमा सम्पन्न तेश्रो मनमोहन अन्तर्राष्ट्रिय गोल्डकप डोरीतान च्याम्पीयनसिप २०७७ को उपाधी एक नं. प्रदेशको पोल्टामा परेको छ। भारतको पटना हिन्दलाई पराजित गर्दै एक नम्बर प्रदेशले यस च्याम्पियनसिपको उपाधि हात पारेको हो । यस अघिका विजेता भारतका पटना हिन्द टिमलाई यस तेस्रो च्याम्पियनसिपमा धुलो चटाउँदै उपाधि आफ्नो हात पार्न सफल प्रदेश नं. १ का टिम विजेता बन्न सफल भएको हो

सुनसरी जिल्ला डोरी तान संघको आयोजनामा एवम् मनमोहन स्पोर्टस एकेडेमीको सहकार्यमा दुहवी ५ स्थित श्रीसरस्वती माविको खेल मैदानमा शुक्रवार सम्पन्न सो प्रतियोगिताको फाइनल खेलमा नेपालको एक नम्वर प्रदेश टोलिले उपाधि सहित एक लाख ट्रफि, मेडल तथा प्रमाण पत्र हात पारेको थियो भने उपविजेता भारतको पटना हिन्द टोलीले नगद पुरस्कार रु५० हजार, ट्रफि र मेडल मा चित्त बुझाउनु परेको थियो ।

समुदघाटन खेलका प्रमुख अतिथी दुहवी नगरपालिकाका मेयर वेदनारायण गच्छदारले खेल समुदघाटन गर्दै सम्पूर्ण खेलाडीहरुलाइ शुभकामना दिएका थिए भने समापन समारोहका प्रमुख अतिथि राखेप सदस्य सचिव रमेश सिलवालले शुभकामनासंगै डोरीतान खेललाई पनि राष्ट्रिय खेलमा सूचिकरण गर्न आफु प्रयासरत रहने बताए । सुनसरी डोरीतान संघका अध्यक्ष निश्चलराज शाक्यको अध्यक्षतामा सम्पन्न प्रतियोगितामा डोरीतान संघका केन्द्रीय उपाध्यक्ष डा।शुभाषश्री पोखरेल, केन्द्रीय सदस्य सत्यनारायण चौधरी, दुहबी नगरपालिकाका वडाध्यक्षहरु लगायतको उपस्थिती रहेको थियो ।

डोरी तान प्रतियोगितामा नेपालका ८ टिमहरु नेपाल आर्मी, नेपाल प्रहरी,सशस्त्र प्रहरी, १ नम्बर प्रदेश, २ नम्बर प्रदेश, बागमति प्रदेश, लुम्बिनी प्रदेश, र आयोजक सुनसरी डोरी तान संघ तथा भारतको २ टिम बैशालीहिन्द र पटना हिन्द गरि १० टिमको सहभागिता रहेको थियो। प्रभात खबर

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close