छपकैयामा बालश्रम बिरुद्ध जनचेतनामूलक कार्यक्रम ।

बिरगंज , जेष्ठ २९ गते सोमबार ।

बिश्व बालश्रम बिरुद्धको दिवसको उपलक्ष्यमा छपकैयाटोलमा बालश्रम बिरुद्ध सम्बन्धि जनचेतनामूलक कार्यक्रमको आयोजना गरि मनाईएको थियो । “समुदाय प्रहरी साझेदारी” कार्यक्रम अन्तर्गत वडा प्रहरी कार्यालय विर्ता र सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र छपकैया- २ पर्साको संयुक्त आयोजनामा बिरगंज महानगरपालिका वडा नं. २ छपकैया स्थित माई मन्दिर पछाडिको टोलमा भेला जम्मा भई बालश्रम बिरुद्धको जनचेतनामुलक जिङगल बजाई सम्झाई बुझाई कार्यक्रम समापन गरिएको सचिव प्रबिण बिक्रम साहले बताउनु भयो ।

सामुदायिक सेवा केन्द्र छपकैया-२ का सचिव प्रविण बिक्रम शाहको अध्यक्षतामा तथा वडा समिति कार्यालय वडा नं. २ का वडा सदस्य बसिर मिया हजामको प्रमुख अतिथ्यतामा भएको सो कार्यक्रममा वडा प्रहरी कार्यालय विर्ताका प्रहरी नायब निरीक्षक रबिन्द्र साहको बिशेष उपस्थितिमा महिला वडा सदस्य श्रीमती संगिता थापा, सामुदायिक सेवा केन्द्र छपकैया-२ का कोषाध्यक्ष श्रीमती प्रेम कुमारी सिंह ,सदस्य अजित कुमार भुजेल , धिरज शर्मा , स्थानियहरु असाब आलम , शेख रासिर , दिपक बहादुर शाह , श्रीमती सुनिता शाह , सामुदायिक प्रहरी सेवा केन्द्रका प्र.स.नि ईन्दिवर चौधरी, प्र.ह. देवेन्द्र कुमार पटेल, प्र.ज.दिपेन्द्र कुमार यादव लगायतको उपस्थित रहेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close