
राहुल गुप्ता
सरुवा भएर आएको एक महिना मै सुशासन को अनुभुती दिलाउने सफल भएका पर्साका प्रहरीका प्रमुख प्रहरी उपरीक्षक कुमोड ढुंगेल ले अब पर्सा जिल्लामा प्रहरीको कुनै पनि घुमुवा नरहने बताएका छन । प्रहरी प्रधान कार्यलय बाट नै सुचनाहरु संकलनका लागि छुट्टै युनिट प्रचालित रहेकोले अब पर्सा जिल्लामा प्रहरी लाई घुमुवाको रुपमा नखटाइने बताएका छन ।
जिल्ला प्रहरी कार्यलय पर्साको कार्यलयमा बुधबार बिहान पत्रकारहरूसँगको भेटघाटको क्रममा प्रहरी उपरीक्षक ढुंगेलले नेपालको संविधान, कानुनअनुसार नै प्रहरीले गर्ने कामकारबाही गर्ने भएकाले सोहीअनुसार अगाडि बढ्ने बताए। प्रहरीको ऐन–कानुनमा उल्लेख भएअनुसार प्रहरीले गर्नुपर्ने कामकारबाहीबाहेक खासै योजना नरहेको उनले बताए। साथै उनले प्रहरीले शान्तिसुरक्षा, आपराधिक गतिविधि र चोरी पैठारी नियन्त्रण गर्ने कामकारबाहीबारेमा पत्रकारहरूले सहज रूपमा सूचना पाउने बताए।
प्रहरी उपरीक्षकको रुपमा ढुंगेल आएपछी अहिले अपराधमा कमि आएको छ । तस्करीको मुख्य नाकाको रुपमा परिचित रहेको पर्सा जिल्लाको नाका अहिले पुर्ण रुपमा बन्द भएको छ ।




