
राहुल गुप्ता
समुदाय प्रहरी साझेदारी अवधारणा अनुरुप घोराही उपमहानगरपालिका वडा नं. १५ स्थित जनज्योती विद्या मन्दिरमा साईवर सुरक्षा विशेष सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । घोराही दाङमा जिल्ला प्रहरी कार्यालय दाङ र जनज्योती विद्यालय मन्दिर घोराही दाङको सहकार्य सो कार्यक्रम सप्पन्न गरिएको छ ।
कार्यक्रममा प्रहरी निरीक्षक सुशान्त मिश्रले नेपालको साइबर सुरक्षासम्बन्धी जानकारीहरु साझा गरेका थिए ।ईन्टरनेट र साईवर अपराधको परिचय दिदै अपराधको प्रवृती, सामाजिक संजालको प्रयोग गर्दा ध्यान दिनुपर्ने कुराहरु जोड दिएका थिए । त्यस्तै साईवर अपराधको अवस्था, सुरक्षित प्रयोग, साईवर अपराधबाट बच्ने उपाय, बिद्यमान कानूनी प्रावधान लगायत विषयमा सचेतनामूलक प्रशिक्षण समेत दिएका थिए ।
आज भएको कार्यक्रममा विद्यालयका म्यानेजिङ डाईरेक्टर हिकमत कुमार थापाको अध्यक्षतामा सम्पन्न भएको थियो। त्यस्तै कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रकाश कुमार शर्मा, प्रधानाध्यापक दिव्य अधिकारी एवं विद्यालय संचालक समितिका सदस्यहरु, शिक्षकहरु र कक्षा ११ मा अध्ययनरत विद्यार्थीहरुको सहभागितामा रहेको थियो ।