
अभिलाष गुप्ता
जिल्ला ट्राफिक प्रहरी कार्यालय र वडा प्रहरी कार्यालय बिर्ता द्वारा छड्के चेकजाँच १५ सवारी साधनलाई कारवाही गरिएको छ।सवारी सुरक्षा र ट्राफिक व्यवस्थापनलाई चुस्त दुरुस्त बनाउन उदेश्यका साथ जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्सा र वडा प्रहरी कार्यालय बिर्ताको विशेष सहयोगमा मंगलवार राति वीरगंजको नारायणी अस्पताल नजिकमा छड्के चेकजाँच गरिएको छ।
वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरीक्षक निरोज चौलागाईं का टाेली द्वारा भएको सो चेकजाँचमा ट्राफिक नियम उल्लंघन गर्ने सवारी साधन तथा चालकहरूको कडाइका साथ अनुगमन गरिएको थियो। चेकजाँचको क्रममा कम्तीमा पनि १० जना चालकहरुलाई सम्झाइबुझाइ छोडिएको हो भने ट्राफिक ऐन उल्लंघन गर्ने १५ सवारी साधनलाई कानुनी कारबाई गरिएको छ।
प्रहरीका अनुसार कारबाईमा परेका सवारी चालकहरूले मादक पदार्थ सेवन गरी सवारी चलाउनु बिना लाइसेन्स सवारी सञ्चालन गर्नु ट्राफिक नियम उल्लंघन गर्नु तथा अन्य सुरक्षा मापदण्ड नअपनाएको पाइएपछि उनीहरूलाई जरिवाना तथा कारबाई गरिएको हो।
जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी निरीक्षक लोकराज भट्टका अनुसार ट्राफिक व्यवस्थापनलाई चुस्त दुरुस्त बनाउन यस्तो छड्के चेकजाँचलाई अझ प्रभावकारी बनाइने उदेश्यका साथ यो छड्के चेकजाँच गरिएको छ। सवारी चालकहरूलाई ट्राफिक नियम पालना गर्न आग्रह गर्दै प्रहरी प्रशासनले सुरक्षाका लागि नियमको पूर्ण रूपमा पालना गर्न सुझाव दिएको छ।
जनचेतनाको अभावका कारण कतिपय सवारी दुर्घटनामा पैदल यात्रीले समेत ज्यान गुमाउनु परेको भन्दै चालक यात्रुलाई जिम्मेवार बनाउन ट्राफिक कार्यालय पर्साले विभिन्न सडक जनचेतना अभियान संचालन गर्दै आएको ट्राफिक प्रमुख प्रहरी निरीक्षक लोकराज भट्टले बताए ।




