उत्कर्स नेपाल द्वारा आशा किरण केन्द्रलाई तातो र चिसो पानीको बोतल सहयोग

उत्कर्स नेपाल द्वारा आशा किरण केन्द्रलाई तातो र चिसो पानीको बोतल सहयोग

राहुल गुप्ता
वीरगंज, पर्सा
उत्कर्स नेपाल द्वारा आशा किरण केन्द्रलाई तातो र चिसो पानीका बोतल आज एक कार्यक्रमका बिच सहयोग गरेको छन । उक्त संस्थामा बालबालिकाहरु लाई पानी पिउन समस्या हुँदै आएकोले गर्दा सहयोग गरिएको छ ।

आशा किरण केन्द्रमा अद्भुत डेकेयर सेन्टरमा विशेष बालबालिकाहरूलाई १५ वटा तातो र चिसो पानीका बोतलहरू सहयोग गरेका छन प्रत्येक बोतलले प्रेम र समर्थनको इशारालाई प्रतिनिधित्व गर्ने र उनीहरूको दिनहरू अलि सजिलो र उज्यालो बनाउन मद्दत गर्ने उतकर्स नेपाल संस्थाले बिश्वास लिएको संस्थाका प्रतिनिधि बिकास चौरसिया र संदिप यादवले बताए।

त्यस्तै उतकर्स नेपाल संस्थाले सधै सामाजिक कार्यहरूमा सहयोग गर्दै आएको र आगामी दिनमा पनि समाज लाई सब्बल बनाउन सहयोग गरि रहने संस्थाका प्रतिनिधि संदिप यादवले बताए।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close