बिमल पौडेल नारायणी अस्पताल विकास समितिको सदस्यमा मनोनित,पदभार ग्रहण

बिमल पौडेल नारायणी अस्पताल विकास समितिको सदस्यमा मनोनित,पदभार ग्रहण

वीरगञ्ज महानगरपालिका–१५ का बिमल पौडेललाई नारायणी अस्पताल विकास समितिको सदस्य नियुक्त गरिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २०८२ साल वैशाख २८ गते गरेको मन्त्रीस्तरीय निर्णयअनुसार उनलाई तीन वर्षका लागि मनोनीत गरिएको हो।

पौडेलले आज (आईतबार) एक औपचारिक समारोहबीच पदभार ग्रहण गरे। नारायणी अस्पतालमै आयोजित कार्यक्रममा निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट डा. उमेश श्रेष्ठसहित अस्पताल प्रशासनले उनलाई स्वागत गर्‍यो।

पूर्व माओवादी पृष्ठभूमि भएका पौडेल नेकपा एमाले निकट युवा संघ नेपालका पूर्व जिल्ला इन्चार्ज हुन्। उनी खेलकुद महासंघको मधेस प्रदेश सह–इन्चार्जको भूमिकामा पनि रहेका थिए। पछिल्ला वर्षहरूमा प्रधानमन्त्री केपी शर्मा ओली निकट नेताका रूपमा चिनिएका पौडेलको स्वास्थ्य क्षेत्रमा सक्रियता देखिएको छ।

स्वास्थ्य मन्त्रालयले नारायणी अस्पताल विकास समिति गठन आदेश, २०७६ (संशोधित) अन्तर्गत दफा ३ को उपदफा (२) को खण्ड (घ) अनुसार पौडेललाई मनोनीत गरेको हो। निर्णय पत्रमा जनस्वास्थ्य अधिकृत तारा प्रसादको हस्ताक्षर छ।

वीरगञ्जका सामाजिक तथा स्वास्थ्यकर्मीहरूबीच पौडेलको मनोनयनलाई सकारात्मक रूपमा लिइएको छ। उनीहरूका अनुसार “उचित व्यक्तिको उपयुक्त स्थानमा नियुक्ति” भएको छ, र यसले अस्पतालको पारदर्शिता, जनमुखी सेवा र गुणस्तरमा सुधार ल्याउने अपेक्षा गरिएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close