
वीरगन्जमा पहिलो चोटि पुरानो गाडिको साटेर नया गाडी लिने सुनौलो अफर सुरु भएको छ । वीरगन्जको टाउन हलमा आज बाटआज “बीवाइडी एक्सचेञ्ज क्याम्प” द्वारा सो अफर दिअन सुरु गरेको छ ।कुनै पनि पुरानो गाडी साटेर नयाँ बीवाइडी गाडी खरिद गर्नेदेखि टेस्ट ड्राइभलगायतको सेवासहित शुक्रबारदेखि दुई दिने अफर सुरु भएको हो ।
आधिकारिक बिक्रेता नीरज अटोमोबाइल्स प्राइभेट लिमिटेडका सञ्चालक आकाश सर्राफले आफ्नो कम्पनीले सुरु गरेको एक्सचेञ्ज क्याम्पमा ग्राहकहरू आएर बीवाइडी गाडीको बारेमा बुझ्नेदेखि पुरानो गाडी ल्याएर एक्सचेञ्ज समेत गरिरहेको बताएका छन ।
सर्राफले भाेलिसम्म चल्ने क्याम्पमा ग्राहकहरूले बीवाइडीले उपलब्ध गराउँदै आएका विभिन्न मोडेलका गाडीहरूको टेस्ट ड्राइभ गर्नेदेखि फाइनान्स र इन्सुरेन्स सुविधासमेतका बारेमा जानकारी लिन सक्ने जानकारी दिए । विश्व सर्वोत्कृष्ट विद्युतीय गाडीको ब्रान्डका रूपमा परिचित बीवाइडी प्रति आफूले अपेक्षा गरेको भन्दा पनि बढी ग्राहकहरूले विश्वास देखाएको सर्राफले बताए ।