
निषेधाज्ञा मा सस्त्रप्रहरी र जनपद को हवलदार द्धारा तस्कर
मुलुक लक डाउन र भारत संग गाभिएको तराई का सबै सिमाहरु सिल भएको बेला नेपाल प्रहरी र सस्त्रप्रहरी तसकरीमा लागेकाछन् । भारत नेपाल को मुख्य प्रबेश द्धार बिरगन्ज भन्सार संग जोडिएको सिमावर्ती सहर रक्सौल बाट नेपाल प्रहरी र सस्त्रप्रहरी द्धारा रजनिगन्धा सहित अन्य बस्तुहरुको तस्करी सुरु गरेका छन ।
कोरोना को माहामारी र दिन प्रति दिन संक्रमितहरुको संख्या बडदै गएको कारण स्थानिय प्रशासनले पर्सा जिल्ला मा निषेधाज्ञा जारी छ । संचार कर्मी पनि यति बेला आफनो घर मै बसेर सुचाना दिनेकाम गरीरहेका छन् ।
यसकै मैका छोपी सिमा सुरक्षाको लागी खटाईएको सस्त्रप्रहरी का जवान र नेपाल प्रहरीका हबल्दार बिहिबार सिमाबती सहर ना २१ प ४५२९ नम्बरको मोटर साईकल चडेर रक्सौल बजार पुगे का थिए । रजनीगन्धा तुल्सि खरिद गरी पसल बाट निस्कने बेलामा बिरगन्जमा कोरोना फैलिदै गएको र त्यहा निषेधाज्ञा रहेकोले नेपाली सुक्षा कर्मी कसरी भारतमा आए भन्ने बिषयमा स्थानियले बिरोध गरेपछि दुबै जना फरार भएका थिए । रक्सौल बाट प्रकासीत द भव्इस अफ रक्सौल को अनुसार नेपाल भारत को दुबै सिमा बन्द भएको बेला भारतको सिमामा नेपालि सुरक्षा कर्मी आएकोमा आफनो सुरक्षाकर्मी माथि नै प्रशन उठाएका छन् । ……..फोटो भोईस अफ रक्सौल
यस बिषयमा जिल्ला प्रहरी कार्यालय पर्सा कि प्रमुख गंगा पन्त संग बुझदा आफुले पनि यो घटना को बारेमा सुनेको तर को को गएको बारे आफु लाई जानकारी न भएको बताईन साथै निषेधाज्ञा जारी गरेको बेला कोई पनि सुरक्षा कर्मी आवश्यक प्रक्रिया पुरा न गरी जान न मिल्ने बताईन् ।
सिमा सुरक्षाको जिम्मेबारी दिएका सस्त्रप्रहरी र नेपाल प्रहरी आफैले तसकरी गरी रहेको कुरा पर्सामा नैलो भने हैन । गत बैशाखमा पर्साको अलैमा पनि तस्करी को बारेमा बिवाद हुदा एक सस्त्रप्रहरी जवानको बदि सोत च्यातिएको थियो । अहिले संचार कर्मी समेत बाहिर न आउने गरेको ले यस्ताहरु लाई सुनमा सुहागा भने जस्तो भएको छ ।