परवानिपुर गाउँपालिकाको बजेट ३४ करोड ४७ लाख

परवानिपुर गाउँपालिकाको बजेट ३४ करोड ४७ लाख

राहुल गुप्ता 

बाराको परवानीपुर गाउँपालिकाको १४ औं गाउँसभाबाट आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै झन्डै ३४ करोड ४७ लाख रुपैयाँको बजेट ल्याएको छ ।

नीति तथा कार्यक्रम बारे जानकारी दिदै परवानिपुर गाँउपालिका का प्रमुख प्रशासकीय अधिकृत प्राण मेहता स्वास्थ्य शिक्षा ,किसान रोजगार, भौतिक पूर्वाधार, बजारीकरण जमहिला बालबालिका को पोषण लगायत बिकाश कार्यका लागि जम्मा ३४ करोड ४७ लाख ६९ हजार को बजेट प्रस्तुत गरेका छन्।

केन्द्र सरकारले विभिन्न अनुदानमा कटौती गरेपछि परवानीपुर गापाको आगामी आवको बजेट पनि घटेको प्रमुख प्रशासकीय अधिकृत प्राण मेहेताले बताए ।

त्यस्तै बजेट प्रस्तुत गर्दै गापा उपाध्यक्ष सुगन्धीदेवी कनुइनले प्रस्तुत गरेकी बजेटमा शिक्षा, स्वास्थ्य, कृषिलाई प्राथमिकता, सीपमूलक कार्यक्रमबाट दक्ष जनशक्ति उत्पादन गर्ने, सिंचाइ, खानेपानी, भौतिक संरचनालगायतका योजनाहरूमा विशेष जोड दिएको बताइन् ।

गाउँपालिका अध्यक्ष रामक्षत्रीप्रसाद कुर्मीको अध्यक्षातामा भएको कार्यक्रमम गाउँपालिका का वडा अध्यक्ष वडा सदस्य कार्यपालिका सदस्यहरू ले आआफ्ना मन्तव्य राखेका थिए। कार्यक्रम मा सबै वडाका वडा अध्यक्ष वडा सदस्य कार्यपालिका सदस्यहरू समाजसेवी सुरक्षा कर्मी संचारकर्मी हरुको उपस्थिति रहेको थियो।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close