
वीरगन्ज महानगरपालिका वडा नं ९ को आयोजनामा महिलाहरुको लागि व्युटिसियन तालिम आयोजना गरिएको छ । वीरगन्ज महानगरपालिकाको सीप सिकौ रोजगार बनौ योजना अन्तरगत सहकार्यमा महिला तथा बालबालिका विकसा संस्थाको आयोजनामा उक्त तालिम आयोजना गरिएको हो ।
तालिमको उद्घाटन गर्दै वडा नं ९ का वडा अध्यक्ष जवाहर प्रसाद गुप्ता ले महिला उद्यमीहरु उत्पादन गर्ने उद्देश्यले १ महिने ब्युटिसियन तालिमको आयोजना गरिएको बताए । तालिम लिएका महिलाहरुले तालिमबाट प्राप्त सिपको उपयोग गरि आत्मनिर्भर उद्यमी बन्नु पर्ने अध्यक्ष गुप्ता ले बताए ।
तालिम उद्वघाटन कार्यक्रममा वडा सदस्य नन्द किशोर चौहान , लाल बाबू कलवार , महिला सदस्य गिता कुमारी मान्न्धर , कुमारी सोनि पासवान , वडा सचिव मेघराज श्रेष्ठ गोरखापत्रका पर्सा जिल्ला प्रतिनिधि कन्हैया केसरी , पत्रकार जगत राई,लगायत तालिम लिने महिलाहरुको उपस्थिति रहेको थियो।




