
राहुल गुप्ता
नेपालका परराष्ट्रमन्त्रीसँग भारतीय राजदूतले शिष्टाचार भेट गरेका छन् ।मंगलबार भारतीय राजदूत श्री नवीन श्रीवास्तवले परराष्ट्रमन्त्री डा अर्जु राणासँग सिंहदरवारको कोठामा शिष्टाचार भेट गरेका थिए ।
भारतीय राजदूत र डा अर्जु राणाबीच नेपाल–भारत सम्बन्धका विभिन्न आयामका बारेमा छलफल भएको सो क्रममा डा राणाले नेपाल–भारतबीचको द्विपक्षीय हित, राष्ट्रिय सम्बन्ध र जनता–जनताका विभिन्न आयामका बारेमा कुराकानी गरेका थिए । सम्बन्धमा सचिवालयले जानकारी दिएको छ ।
भारतीय राजदूत श्री नवीन श्रीवास्तवले परराष्ट्रमन्त्री डा अर्जु राणालाई पुष्पगुच्छा अर्पण गर्दै बधाई दिँदै उनको कार्यकालको सफलताको कामना गरेका थिए ।
आफ्नो प्रतिक्रिया दिनुहोस




