अख्तियारले दुरुपयोग आयोगले निगरानीमा राख्ने बेला मात्र १०% परिक्षार्थी पास हुने ठाउमा अहिले आज ७०% भन्दा बढी पास भइरहेको तथ्थले नै देखाइ

अख्तियारले दुरुपयोग आयोगले निगरानीमा राख्ने बेला मात्र १०% परिक्षार्थी पास हुने ठाउमा अहिले आज ७०% भन्दा बढी पास भइरहेको तथ्थले नै देखाइ

यातायात कार्यालयमा पैसाको करोडौं पैसाको चलखेल भइरहेको छ।पैसा दिएका सेवाग्राही लाई धमाधम पास गराइदै छ।आज प्रकाशित भएको लिखित परिक्षामा ५२४ जनाले दिएको परिक्षामा ३६१ जना पास भएका छन भने १६३ जना फेल भएका छन।पैसा दिएका सेवाग्राही लाई पास गराइएको स्रोतले बताएका छन।

पर्सा स्थित केहि महिना पहिला बिरगंज यातायात व्यवस्था कार्यालयमा बढेको बेथिति सार्वजानिक भएपछि अख्तियार दुरूपयोग अनुसन्धान आयोगले कार्यालयलाई सूक्ष्म निगरानीमा राखेको थियो। अख्तियारले दुरुपयोग आयोगले निगरानीमा राख्ने बेला मात्र १०% परिक्षार्थी पास हुने ठाउमा अहिले आज ७०% भन्दा बढी पास भइरहेको तथ्थले नै देखाइ रहेको छ ।

अहिले वीरगन्ज यातायात कार्यालयमा भ्रष्टाचार हुनुको सबभन्दा बढी करारका कर्मचारी शम्भु गुरुङको दवदवा रहेको छ। कार्यालय प्रमुख कमल गौतमले आफ्नो नाजायज कामहरू करारका कर्मचारी शम्भु गुरुङ मार्फत गराउँदै आएका छन् भने पैसा असुली गर्ने काम पनि शम्भु गुरुङले नै गर्दै आएका छन ।

वीरगंजको यातायात कार्यालयमा स्थायी कर्मचारी भन्दा भन्दा पनि करारका कर्मचारीहरुको बिगबिगी रहेको छ । उनिहरुले नै यातायात कार्यालय चलाइरहेका छन् ।अबेध पैसा उठाउने देखि लिएर सम्पुर्ण भ्रस्ट माफियाहरु सम्म पुर्याउने काम करारका कर्मचारीहरुले गर्ने गरेको स्रोतले बताउने गरेका छन ।

यस्तै यातयात कार्यालयका प्रमुखको नेतृत्वमा लाइसेन्स बिक्रीवितरण हुँदै आएको छ। तलदेखि माथिसम्म सेटिङ गरेर लाइसेन्स बिक्रीवितरणबाट मासिक ३० करोड भन्दा बढि रूपैयाँ अनाधिकृत रूपमा असुल्दै आएको सार्वजानिक भएको छ।

विगतको दिनमा सो कार्यालयमा हुने ट्रायल परिक्षा र लिखित परिक्षाको दिन अख्तियारको टोली पुगीर आफ्नो रोहबरमा आर्थिक कारोबार बन्द गराएको र अहिले अख्तियार टोली नआउदा व्यापक रुपमा भ्रष्टचार बढे पछि अख्तियार माथि नै शंकाको बिषय बनेको सेवाग्राहीहरुले बताएका छन।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close