
वीरगंज महानगरपालिका वडा ४ बिर्तामा रहेको सुर्य हस्पिटलमा माघ १ गते भोलि शनिबार देखि “आमा सुरक्षा ” कार्यक्रम सुरु हुने भएको छ ।
सुर्य हस्पिटलका सञ्चालक डा.सरोज सिंहले पत्रकार समेलनको आयोजना गरी नेपाल सरकारले मातृ मृत्युदर कम गर्नको लागी आफ्नो पनि होस्पिटललाई छनोट गरेको पत्रकार समेलनमा जानकारी दिनुभयो ।
सुरक्षित र निशुल्क प्रसुती गराउन स्वास्थ्य मन्त्रालय परिवार कल्याण महाशाखाले मेरो पनि हस्पिटललाई छनोट गरी स्वीकृत प्रदान गरेको डा.सिंहले जानकारी दिनुभयो ।
बिशेषज्ञ चिकित्सकबाट सामान्य र जटिल प्रसुती सेवा एवम सल्यक्रियाद्वारा गरिने प्रसुती सेवा समेत निशुल्क गर्ने गरी सामाजिक उत्तरदायित्व निर्वाह गर्न “आमा सुरक्षा ” कार्यक्रम सुरु गर्न लागिएको जानकारी दिनुभयो ।
मन्त्रालयले उल्लेख “आमा सुरक्षा”कार्यक्रमको लागी उल्लेख गरेको सबै सेवा आफुहरुले दिन प्रतिबद्ध रहेको समेत उहाले बताउनुभयो । यसैगरी प्रदेश सरकारबाट ५० श्या क्षमताको अनुमति समेत प्राप्त गरिसकेको डा.सिंहले जानकारी दिनुभयो ।
यो कार्यक्रमले गर्दा पर्सा बारा रौतहट लगायत प्रदेश दुई भरिका जनता लाभन्बित हुने डा.सिंहले दावी गर्नुभयो । २०७८ श्रावण ७ परिवार कल्याण महाशाखामा सिफारिस गरेको थियो ।
त्यपछि वीरगंज महानगरपालिकाले सिफारिस गरिसके पछी मन्त्रालयले आफै अनुगमन बमोजिम स्वास्थ्य सेवा बिभागले २०७८ साल कार्तिक २२ गते परिवार कल्याण महाशाखामा “आमा सुरक्षा “कार्यक्रम सन्चालनको लागी सिफारिस गरेको उहाले जानकारी दिनुभयो ।
सुर्य हस्पिटलमा २४ घण्टै आकस्मिक सेवा , प्रसुती सेवा र बालसेवा सन्चालन रहेको पत्रकार समेलनमा जानकारी दिनुभयो । साथै आईसियु , एन.आई.सियु , सिसियु , भेन्टिलेटर सहितको सबै सेवाहरु उपलब्ध रहेको डा.सिंहले बताउनुभयो ।
त्यसैगरी न्युरोसर्जरी , युरोसर्जरी , फिजिसियन ,कार्डियोलोजिस्ट , डेन्टल , न्युरोफिजीसट्रीक ,ओपिडी, अर्थोपेडिक , र ट्रमासर्जरीको साथै अर्थोस्कोपी , जोवाईं रिप्लेसमेन्ट , तथा स्पईन सर्जरी पनि सुरु गरिसकेको पत्रकार समेलनमा डाक्टर सिंहले बताउनुभयो ।