
युवा तथा खेलकुद मन्त्री तेजु लाल चौधरी मधेस प्रदेश आउदै भोलि (आइतबार ) बिहानै मधेश प्रदेशको सिमरा बारा आउने कार्यक्रम रहेको छ । खेलकुद मन्त्री चौधरी पर्सा , रौतहट र धनुषा जिल्लाको विभिन्न स्थानहरुमा भ्रमण गर्ने पूर्व निर्धारित कार्यक्रम अनुसार भोली विहान ७:३० सिमरा एअरपोर्ट बारा विमानस्थलमा आउने बताइएको हो ।
भ्रमणको क्रममा नेपाली कांग्रेस पर्साले स्वागत तथा अभिनन्दन कार्यक्रममा सहभागी हुने, र नारायणी रंगशालाको निरीक्षण गरि , रौतहटको चन्द्रपुर नगरपालिकाको मेयरले भेटघाट कार्यक्रम आयोजना गरेको कार्यक्रम रहेकोे छ ।
मधेस प्रदेश पर्सा बाट युवा मन्त्री चौधरी धनुषा जनकपुरधाम फर्कने नेपाली काँग्रेस मधेश प्रचारप्रसार प्रमुख नितेश कुमार गुप्ताले बताए ।
नेपाली कांग्रेस पार्टीको पदाधिकारीहरुसंग छलफल एवं अन्तरक्रिया कार्यक्रम गरिने गुप्ताले बताउनु भयो ।
खेलकुद क्षेत्रमा युवाहरुको विश्वास जित्ने रणनीतिहरु तय गरिने समेत कांग्रेस प्रचार प्रसार प्रमुख गुप्ताले जानकारी दिए ।




