आँखा शिक्षा प्रतियोगिता राजदेवी नगरपालीका की मानसी सिंह प्रथम।

आँखा शिक्षा प्रतियोगिता राजदेवी नगरपालीका की मानसी सिंह प्रथम।

परोहा नगरपालीका र तराई टप अनलाईनको आयोजनामा आँखा सम्बन्धी यू ट्यूब क्यूज कन्टेष्टको नतिजा सार्वजनिक भएको छ।

परोहा नगरपालिकाको स्वास्थ्य शाखा र तराई टप अनलाइनको आयोजनामा पहिलो पटक “हाम्रो जिम्मेवारी आँखाको सबैको साझेदारी” मूल नाराका साथ संचालन गरिएको सर्ट भिडियो अनलाइन यू ट्यूब खुला प्रतियोगिताको नजिता प्रकाशन गरिएका छन् ।

आम मानिसहरुलाई आँखाको दिव्य ज्योतीलाई सुरक्षित राख्न तथा त्यस वारे यथेष्ट जानकारी राखी आफनो अमूल्य आँखाको सुरक्षा कसरी राख्न सकिन्छ भने जनचेतना मुलक क्यूज प्रतियोगिता यू ट्यूवको सफलता पूर्वक आयोजना गरेर सम्पन्न गरिएको छ ।

मूल आयोजक समितिले प्रकाशित गरेको नितजा अनुसार रौतहट जिल्ला राजदेवी नगरपालिका वडा नम्वर ९ का हाल नेपाल डिजिटल एजुकेशन प्राली बीरगञ्जमा अध्ययनरत मानसी सिंह प्रथम स्थान हाँसिल गर्न सफल भएकी छिन् ।
पर्सा जिल्ला वीरगञ्ज महानगरपालिका वडा नम्वर १६ घर भई त्रिजुद्ध महादेव प्रसाद रघुविर राम टेक्नोलोजी सेकेन्डरी स्कुल वीरगञ्जमा अध्ययनरत प्रकाशकमार राउत दोश्रो स्थान प्राप्त गरेको छ ।

महोत्तरी जिल्ला मनरा सिसवा नगरपालिका वडा नम्वर २ भोलही घर भई मोनास्टिक इन्टरनेशनल एकेडेमी जनकपुरधाममा अध्ययनरत आर्या पाण्डे तेश्रो स्थान हाँसिल गरेकी छिन् ।

यस्तै मोनास्टिक इन्टरनेशनल एकेडेमी गौर रौतहटका समूहगत भिडियो चौथो र महर्षि बालमिकि आवसिय माध्यमिक विद्यालय गौरका अनिसा कुमारी यादव पाँचौ स्थान प्राप्त गरेकी छिन् । दुबै जनालाई सानत्वना पुरस्कार दिइने आयोजक समितिले जनाएको छ।

परोहा नगरपालिका र तराई टप अनलाइन ले गत साउन ८ गते सूचना प्रकाशन गरी भदौं ७ गते बेलुका ५ बजे सम्म आँखा स्वास्थ्य सम्बन्धी जनचेतन मूलक छोटो भिडियो पठाउनु पर्ने जानकारी गराएका थिए । सो अनुसार भदौं ७ गते बेलुका ५ बजे सम्म प्राप्त भएको २७६ वटा भिडियोलाई भदौं ८ गते बिहान ८ बजे यू ट्यूबमा अपलोड गरिएको थियो ।

अपलोड गरिएको भिडियोलाई भदौं १४ गते राती १२ बजे सम्म प्राप्त भएको भिउवरको आधारमा नतिजा प्रकाशन गरिएको जानकारी संयोजक पाण्डेले दिए।

चौथो र पाँचौ स्थान प्राप्त गर्नेलाई नेपाल नेत्र ज्योती सँघ गौर आँखा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष विजय कुमार सिंहबाट प्रदान गरिने जानकारी गराएका छन्।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close