बाराको परवानीपुर गाउपालिकामा नेपाली कांग्रेसद्वारा ध्यानाकर्षण पत्र ।

अजित भुजेल

बारा , जेष्ठ ०२ गते बुधबार ।

बाराको परवानीपुर गाउँपालिकामा आज नेपाली कांग्रेसले ध्यानाकर्षण पत्र बुझाएको छ । गाउँपालिकाको वडा नं ५ बहुअरी टोलका पार्टी सभापति कुंज बिहारी पटेलको नेत्तृतवमा गाउँपालिका अध्यक्ष हरि नारायण साहलाई आज ज्ञापनपत्र बुझाएको हो ।

गाउँपालिकाको वडा नं ५ बहुअरी टोलमा वडा अध्यक्षले नियम विपरीत, अनाधिकृत रुपमा प्राथमिक स्कूलको नयाँ भवन निर्माण गराउन लागेको र यसमा वडा अध्यक्षले व्यापक भष्ट्रचारी गरेको आशंका गरिएको छ ।

नेपाली कांग्रेसका युवा नेता सुनिल पटेलको अनुसार वडा अध्यक्षले टोलमा सार्वजनिक सूचना बिना नैं स्कूलको ब्यबस्थापन समिति गठन गरेको र भवन निर्माणमा पनि बिना सूचना निकाली उपभोक्ता समिति गठन गरेको र यो कार्य प्रति वडाध्यक्षको नियत सही नभएको र आफूहरु यी सबै कार्य स्थगित गरी सार्वजनिक रूपमा सूचना जारी गरी सबै टोलेवासीको सहकार्यमा विकासको कामहरू गर्न आज यो ज्ञापनपत्र मार्फत गाउँपालिका अध्यक्षलाई अनुरोध गरेको जानकारी दिनुभयो।

स्कूलको जमीन छुट्याउन, बौंड्री गर्न र विद्यालय व्यवस्थापन समिति सार्वजनिक रूपमा गर्न आफुहरुको मुख्य बुँदा भएको पार्टीका गाउँपालिका सचिव श्याम रामले जानकारी दिनुभयो । ज्ञापन पत्र बुझ्दै गाउँपालिका अध्यक्ष साहले यस बारेमा आफू गम्भीर रहेको र वडा अध्यक्षसंग पत्रमार्फत लिखित जवाब मागी सत्य तथ्य पता लगाई कार्वाही अगाडि बढाउने प्रतिबद्धता जनाउनु भयो । यसका साथै टोलका वडा अध्यक्षलाई पनि ध्यान आकर्षण बुझाएको र सबै कामलाई स्थगित गरी नियम कानुन अनुसार काम गर्न अनुरोध गरिएको युवा नेता सुरेन्द्र पटेलले जानकारी दिनुभयो ।

ध्यान आकर्षण पत्र बुझाउन पार्टीका मुना पटेल, अनिल पटेल, सञ्चार कर्मी राहुल गुप्ता, आन्नद पटेल लगायतको उपस्थिति रहेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close