असुली काण्डमा तानिए सई

असुली काण्डमा तानिए सई

जिल्ला प्रहरी कार्यालय धनुषा मातहतको प्रहरी चौकी दुहबीका प्रमुख सई धर्मेन्द्र ठाकुर घुष लिएको आरोपमा तानिएका छन् ।

गत मंगलबार बिहान ७ बजेको समयमा तस्करी गरेर ल्याएको कपडा सहितको टेम्पो ४ घण्टा नियन्त्रणमा लिएर ३० हजार रूपैयाँ लिएर छोडेको जानकारी पाए लगत्तै जिल्ला प्रहरी कार्यालयमा एसपी भुवनेश्वर तिवारीले सई ठाकुरलाई जिल्ला प्रहरी तानेका हुन । उनको खानतलासी गर्दा उक्त रकम भेटिएको र उनलाई कारबाही स्वरूप तानिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ। तस्करी गरि सामान ल्याएर सई ठाकुरलाई रकम दिने महिलाहरूमा रेनु साह र रजीना खातुन रहेका छन् ।

केही दिन अघि मात्रै सोही चौकीका सई चन्द्र प्रसाद यादव छानबिनका लागि प्रहरी मुख्यालय तानिएका छन् । उनी छानबिनमा तानिएपछि सई धर्मेन्द्र ठाकुर खटिएका थिए।
दुहबी नाकाबाट नेपालबाट चाइनिज स्याउ, कोलगेट टुथपेस्ट, फेयर लबली, सुपारी लगायतका सामानहरु भारततर्फ तस्करी भईरहेको छ । भारतबाट कपडा ,हार्डवेयर , मोटर पाटस, पानपराग ,रजनिगन्धा , लगायतका सामानहरु पिकअप र मोटरसाईकलको माध्यमले तस्करी तस्करी भईरहेको छ ।
मुर्तुजा मियाँ तेली

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close