वीरगंज महानगर न्यायिक समिति द्वारा वार्ड नं २ मा नाला‌ निर्माण सम्बन्धमा परेको समस्या समाधान

वीरगंज, पर्सा
वीरगंज महानगरपालिका न्यायिक समितिले वीरगंज महानगरपालिका वार्ड न २ मा नाला निर्माण सम्बन्धी परेको निवेदनको समस्या समाधान भएको छ।

जिल्ला पर्सा वी.म.न.पा वडा नं.२ मा बस्ने वादी शेख ईस्लाम, मोमिला खातुन,रोजी खातुन र अमिरुल्लाह मियाँ चुरिहार र प्रतिवादी नमोदिन शेख र जमसेद शेख भएको नाला खुलाई विपक्षी उपर कार्वाही गरी पाउँ विषयको न्यायिक समितिमा मु.द.नं. ०७/७६९५/४७(२) मिति २०७९/१२/०६ मा दायर विवादको सम्बन्धमा दुवै पक्ष सहमत भई आ-आफ्नो जग्गामा सिमित भई कार्य गर्ने र मोमिला खातुन,अवास चुरिहार,यार महम्दको घरको सामुन्नेको ढलान बाटो छेउबाट नाला खोल्न ४ (चार) महिनाको समय सिमा दिने भनि आजवाट हामी दुवै पक्षले यस समितिमा दायर गरेको निवेदन र प्रतिउत्तर जिकिर छाडी मिलापत्र गराई दिन हुन यो संयुक्त मिलापत्रको निवेदन पेश गरेको उपर विचार गर्दै वीरगंज महानगरपालिकाका उप-प्रमुख तथा न्यायिक समितिका संयोजक इम्तियाज आलम,न्यायिक समितिका सदस्य बैजुलाल स्वर्णकार ,सर्जुग महतो धानुक लगायतले आज उक्त नालाको समस्या समाधान गरेको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close