वीरगञ्ज भन्सार सशस्त्र प्रहरीका डीएसपी रिजाल द्वारा तिन ठाउँमा छापामारी बिभिन्न समान बरामद

वीरगञ्ज भन्सार सशस्त्र प्रहरीका डीएसपी रिजाल द्वारा तिन ठाउँमा छापामारी बिभिन्न समान बरामद

राहुल गुप्ता
वीरगञ्ज भन्सार सशस्त्र प्रहरीका डीएसपी सुरज रिजालले तिन ठाउँमा छापामारी गरी बिभिन्न किसिमको समान बरामद गरेको छ।

विशेष सुचनाको आधारमा वीरगञ्ज भन्सार सशस्त्र प्रहरीका डीएसपी सुरज रिजालले बिलबिजक नभएका वीरगन्ज महानगरपालिका वडा नं१६ नगवा पोखरी स्थित गोदामा छापामारी गरी काजु,किसमिस र खजुरको अन्दाजी करिब ७ लाख मुल्य बराबरको बरामद गरेको छ। त्यस्तै बिलबिजक नभएका वीरगन्ज महानगरपालिका वडा नं १६ नगवा स्थित खुश्बु चकलेट उधोगमा छापामारी गरी चिनि बरामद गरेको छ।

छापामारी कै क्रममा बिलबिजक नभएका वीरगन्जको घण्टाघर मीनाबजार स्थित शिवशक्ति खाध उधोगमा छापामारी गर्दा शिवशक्ति खाध उधोगका संचालक फरार थिए र करिब १.५(डेढ) ट्रक प्याज र आलु नियन्त्रणमा लिएको वीरगन्ज भन्सारका सशस्त्र प्रहरीका डिएसपी सुरज रिजालले जानकारी दिए।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close