१६ वर्षको निसन्तानपनको पीडा अन्त्य, सूर्या आईभीएफको सहयोगमा एकैपटक छोरा र छोरी पाए दम्पती

१६ वर्षको निसन्तानपनको पीडा अन्त्य, सूर्या आईभीएफको सहयोगमा एकैपटक छोरा र छोरी पाए दम्पती

वीरगञ्ज । लामो समयदेखि सन्तान प्राप्तिको प्रतीक्षामा रहेका एक दम्पतीले १६ वर्षपछि एकैपटक छोरा र छोरीको जन्म भएपछि जीवनकै ठूलो खुसी प्राप्त गरेका छन्।

वीरगञ्जस्थित सूर्या हस्पिटल एण्ड सूर्या आईभीएफ सेन्टरको सहयोगमा आईभीएफ उपचारमार्फत ती दम्पतीले जुम्ल्याहा सन्तानका रूपमा छोरा र छोरी प्राप्त गरेका हुन्। १६ वर्षदेखि निसन्तानपनको पीडा भोगिरहेका उनीहरूका लागि दुई सन्तानको आगमनले वर्षौँदेखिको अधुरो सपना पूरा भएको छ।

अस्पतालका अनुसार डा. मोनिका यादव सिंह (गोल्ड मेडलिस्ट, MBBS, MD OBGYN, Fellowship in ART) को परामर्श तथा आधुनिक सहायक प्रजनन प्रविधि (ART/IVF) मार्फत उपचार गरिएको थियो।

डा. मोनिका यादव सिंहले लामो समयदेखि निसन्तानपनको समस्या भोगिरहेका दम्पतीका लागि उचित परामर्श, आवश्यक स्वास्थ्य परीक्षण र आधुनिक उपचार प्रविधिको महत्वपूर्ण भूमिका रहने बताइन्। उनले प्रत्येक दम्पतीको अवस्था फरक हुने भएकाले विशेषज्ञ चिकित्सकको परामर्शमा उपचार प्रक्रिया अघि बढाउनुपर्ने उल्लेख गर्दै सन्तान प्राप्तिको आशा बोकेका दम्पतीलाई निराश नहुन आग्रह गरिन्। १६ वर्षपछि आईभीएफ उपचारमार्फत एकैपटक छोरा र छोरी प्राप्त गर्न सफल भएको यो परिवारको खुसीले आफूहरूलाई समेत थप उत्साहित बनाएको उनको भनाइ छ।

१६ वर्षसम्म सन्तानको प्रतीक्षामा रहेका दम्पतीले एकैपटक छोरा र छोरी पाएपछि खुसी व्यक्त गरेका छन्। उनीहरूले लामो समयदेखिको प्रतीक्षा र उपचारपछि जुम्ल्याहा सन्तान प्राप्त गर्दा आफ्नो जीवनकै ठूलो सपना पूरा भएको बताएका छन्। उनीहरूको अनुभवसम्बन्धी भिडियोसमेत अस्पतालले सार्वजनिक गरेको छ।

अस्पतालले निसन्तानपनको समस्या भोगिरहेका दम्पतीलाई समयमै विशेषज्ञ चिकित्सकसँग परामर्श गरी आवश्यक स्वास्थ्य परीक्षण तथा उपचार गराउन आग्रह गरेको छ।

सूर्या हस्पिटल एण्ड सूर्या आईभीएफ सेन्टर वीरगञ्ज मेनरोडमा, नारायणी अस्पतालबाट करिब १०० मिटर दक्षिणतर्फ रहेको छ। अस्पतालमा प्रसूति तथा स्त्रीरोग, निसन्तानपन, गर्भपतन, उच्च जोखिमयुक्त गर्भावस्था तथा गर्भवती महिलाको नियमित स्वास्थ्य परीक्षणलगायतका सेवा उपलब्ध रहेको अस्पतालले जनाएको छ।

सम्पर्क/अपोइन्टमेन्ट : ९८४१४९९०९५
स्थान : वीरगञ्ज मेनरोड, नारायणी अस्पतालको १०० मिटर दक्षिण

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close