घुमुवा टोली असफल चाडपर्व नजिकिँदै रूपन्देही तस्करहरूको हब बन्दै

घुमुवा टोली असफल चाडपर्व नजिकिँदै रूपन्देही तस्करहरूको हब बन्दै

सीमावर्ती क्षेत्रमा अवैध तस्करी मौलाएका छ । तस्कर र अपराधीका लागि सीमा क्षेत्र गतिलो गन्तव्य बनेको छ । मुख्य नाकामा कडाई भए पनि खुला सीमानाका कारण भित्री बाटो हुँदै लुम्बिनी प्रदेशका विभिन्न सीमावर्ती जिल्लाका चोरी पैठारीका घटना दिनदिनै बढेको छ । जिल्लामा मुख्य नाकाबाहेक अन्य खुला ठाउँबाट तस्करी हुने गरेको छ । भन्सारलाई प्रमुख जिल्ला अधिकारीले पनि सहकार्य गर्दै अभियानमा सहयोग गरेका छन ।

तस्करीको काम सुरु भएको बुधबार राती बरामद भएको अवैध सामानले पुष्टि गर्छ । लुम्बिनी रोडमा खटिएको भन्सार गस्ती टोलीले वेथरीबाट भन्सार छली नेपाल भित्रिएको २ सय १० बोरा चिनी ट्रकमा लोड रहेको अवस्थामा चालक सहित नियन्त्रणमा लिएको भैरहवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत नारद गौतमले जानकारी दिए । भन्सार कार्यालय भैरहवाका प्रमुख नारद गौतमका अनुसार, ट्रक नम्बर लु २ ख २८३६ मा अवैध रूपमा भैरहवा तर्फ ल्याइँदै गरेको चिनीलाई चालकसहित नियन्त्रणमा लिइएको हो। ‘विशेष सूचनाको आधारमा गस्ती खटाइएको थियो। सुरूमा चामल भनियो, तर जाँच गर्दा चिनी भेटिएपछि नियन्त्रणमा लिइयो र प्रहरीको जिम्मा लगाइयो। यसले चोरी पैठारी गर्नेहरूलाई निरूत्साहित गर्नेछ,’ भैरहवा भन्सार कार्यालयका प्रमुख नारद गौतमले भने।

प्रारम्भीक अनुसन्धानका क्रममा चालक शिवकुमार यादवले उक्त चिनी मायादेवी गाउँपालिका–२ स्थित भुलतीपुरबाट लोड गरिएको र भैरहवा पु¥याउन लागिएको बयान दिएका छन् । पक्राउ गरिएको चिनीको मूल्य प्रति किलो ६० रुपैयाँका दरले (भ्याट बाहेक) करिब ६ लाख ३० हजार रूपैयाँ बराबरको रहेको बताइएको छ। साथै, नियन्त्रणमा लिइएको ट्रकको मूल्य १० लाख कायम गरिएको छ। समग्रमा बरामद भएको चिनी र ट्रकको मूल्य १६ लाख ३० हजार रुपैयाँ बराबर रहेको भन्सार कार्यालयले जनाएको छ। यसअघि पनि भैरहवा–लुम्बिनी सडक क्षेत्रको विभिन्न स्थानमा तस्करीका गतिविधिहरू भइरहँदा भन्सार गस्तीले नियन्त्रणमा लिँदै आएको छ। भन्सार कार्यालयका प्रमुख गौतमले, यस क्षेत्रबाट निरन्तर चोरी पैठारी हुने गरेको बताए। नेपाली उद्योगको नामको चिनीका बोरामा भरिएको अवस्थामा ६ लाख ३० हजार् मुल्य बराबरको चिनी र ट्रक को १९ लाख गरि १६ लाख ३० हजार मुल्य बराबरको सामान नियन्त्रणमा लिएको हो ।

चालकले सोधपुछको क्रममा चामल रहेको बयान दिएपनि सामान चेकजाँच गर्दा चिनी फेला परेको छ । उक्त सामान झुलनीपुरबाट लोड गरि पोखरा लैजादै गरेको सोधपुछबाट खुलेको छ उनले भने । सो क्षेत्रबाट पछिल्लो समय निरन्तर सामान भित्रिरहेको बरामद सामानबाट पुष्टि भइरहेको छ । एक साता अघि पनि सोही क्षेत्रबाट लु २ ख १२९० नम्बरको ट्रक सहित २ सय १० बोरा चिनी वरामद भएको थियो । लुम्बिनी रोड प्रकटेश्वर मन्दिर जाने बाटोबाट सशस्त्र प्रहरी डण्डाको सहकार्यमा सामान बरामद भएको थियो ।

भारतबाट कपडा, हार्डवेयरका सामान तस्करी गरी नेपाल भित्रिएको छ । रूपन्देहीको बुची, बोधवार पिप्रहवा मनहरापुर, भगवानपुर भित्री नाकाबाट अहिले दैनिक चोरी पैठारी भइरहेको छ । तस्करहरूले प्रहरीकै मिलेमतोमा अवैध धन्दा चलाइरहेका छन् । सामान तस्करी गरेबापत तस्करी गर्ने समूहले सीमा नाकामा खटिएका सुरक्षाकर्मीलाई मासिक रूपमा निश्चित रकम बुझाउँदै आएका छन् ।

रूपन्देहीको मनहरापुरमा रहेको सुरक्षाकर्मीका इञ्चार्ज नै अवैध असुलीमा सक्रिय रहेको आरोप छ । सीमानाकाबाट हुने अवैध ओसार–पसारमा सक्रिय तस्करहरू रहमान मुसलमान, सञ्जय यादव, शैलेश यादव, समीर खान, मास्टर राजन यादव, भिखारी यादव, पारू , अख्तर , खांन , प्रेम लगायतका छन् । कस्मेटिकको काम गर्ने गीता र रिता , कपडाको काम गर्ने गौरी र काली छन् । बेलहिया नाकाबाट कपडाको ठूलो मात्रामा तस्करी गर्नेमा सत्तार रहेका छन् । उनले प्रहरीको सेटिङमा ट्रकबाट कपडाको ठूलो तस्करी गरिरहेका छन् ।

यी व्यापारीबाट सुरक्षाकर्मीका इञ्चार्जले मोटो रकम असुली गर्ने गरेको आरोप छ । यी तस्करहरूले जुन प्रहरी इञ्चार्ज आए पनि लाइन मिलाएर धन्दा चलाउने गर्दछन् । सशस्त्र प्रहरीको बीओपी मनहरापुर र प्रहरी पोस्ट मैनिहवा सुरक्षाकर्मीको सहकार्यमा तस्करहरूले धन्दा चलाउने गर्दछन् । यहाँ सशस्त्र प्रहरीको बीओपी मनहरापुर र प्रहरी पोस्ट मैनिहवा छ ।

सर्वसाधारणका लागि घरायसी सामानमा निकै कडा गरिएपनि नेपालमा संस्थागत रुपमा तस्करीको गिरोह छ भन्ने पछिल्लो अभियानले पुष्टी गरेको छ । सामान जति नियन्त्रणमा आएपनि तस्करहरु भने तस्करी गर्न रोकेका छैनन, यसरी नरोकिनुमा ठूलो समूहको संलग्नता र सेटिङमै तस्करी हुने गरेको छ । पछिल्लो चामल, चिनी, मटर, कपडा र प्याजको तस्करी बढेको छ ।

यसका अलावा दैनिक उपभोग्य सामान, हार्डवेयर, मेसिनरी तथा इलेक्ट्रीक सामानहरु विभिन्न नाकाबाट भित्रिरहेको सुरक्षा निकायले बरामद गरेको तथ्याङकले देखाउछ । सिमा क्षेत्र नजिक रहेका गल्लाभण्डारहरुले पनि धान, गहु र चामल अवैध रुपमा भित्र्याई बैध बनाउने गरेका छन । भैरहवा बसपार्कमा चनौली बगाहा , बेलहिया , मैनीहवा र मेउडिहवा नाकाबाट जतिपनि तस्करीको धन्दा हुन्छ ती सबै सामान आउँछ । त्यसमाथि लामो समयदेखि जिल्लाको घुमुवा र तस्करीको नाकामा बसेका र प्रहरी बसपार्कमा बसेपछि कुन तस्करले उनीहरूलाई रकम नदिएर काम गर्न सकोस र ?

अहिले जिल्ला प्रहरी कार्यालय रूपन्देहीबाट बरिष्ठ सई प्रकाश राउतको कमान्डमा घुमुवा टोली परिचालन भएको छ। रूपन्देही जिल्ला भर छापा हान्ने र सामान बरामद गर्ने अधिकार पाएको यो टोलीले उद्देश्य र लक्ष्य अनुरूप काम नगरेको जिल्ला प्रहरी कार्यालयस्रोत नै बताउँछ । यो टोली तस्करी नियन्त्रण गर्न असफल भएको प्रहरी स्रोत नै बताउँछ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close