गोरखा भित्रने नाकामा आजदेखि सेना

गोरखा भित्रने नाकामा आजदेखि सेन

गोरखा भित्रने नाकामा आजदेखि कडाइ गरिएको छ।

तनहुँको आँबुखैरेनीबाट गोरखा भित्रने नाका मझुवा देउरालीमा बिहीबारदेखि नेपाली सेनाले डियुटी सुरू गरेको हो।

गोरखा भित्रने अन्य नाका तनहुँको नयाँ पुल हुँदै गोरखाको च्याङ्लीमा जोड्ने पुलमा शसस्त्र प्रहरी खटाइएको छ।

यस्तै धादिङ बनिघाट हुँदै गोरखा घ्याल्चोक जोड्ने नाकामा पनि शसस्त्र प्रहरी खटिएका छन्।

बुधबार बसेको जिल्ला सुरक्षा समिति बैठकले जेठ ५ सम्म खाद्यान्न बोक्ने गाडी पनि बन्द गर्ने र नाकाहरूमा सुरक्षा बढाउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बताए।

यस्तै धादिङ सल्यानटार हुँदै आरूघाट प्रवेश गर्ने नाकामा पनि प्रहरी खटिएका छन्।

जिल्ला प्रशासनले गृहको निर्देशनपछि सबैखाले पास रद्द गरिदिएको छ। वडाध्यक्षलगायत जनप्रतिनिधिलाई अन्तर जिल्ला जान दिइएको छ भने अरूलाई निषेध छ। विरामी बोक्ने एम्बुलेन्स सञ्चालन भइरहेको छ setopati

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close