वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगञ्जद्वारा सात पसललाई कारबाही

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगञ्जद्वारा सात पसललाई कारबाही

राहुल गुप्ता
वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगञ्जले आज ७ व्यापारिक फर्मलाई कारबाही गरेको छ। कार्यालयले चाड पर्ब बेला मा उपभोक्ता सँग बढी मुल्य लिने गुणस्तरहीन वस्तु बिक्री गर्ने ,म्याद नाघेका सामान बिक्री गर्ने,लेबल नभएका सामान बिक्री गर्ने, पसलमा मूल्यसूची नराख्ने,खरिद बिल नदेखाउने, इजाजत नलिई पसल सञ्चालन गर्ने तथा अनुगमन कार्यमा सहयोग नगर्ने पसलहरु लाइ कारवाही गरेको जनाएको छ। ती पसलहरु लाई कारबाहीस्वरुप ४५ हजार जरिवाना गरिएको कार्यालयले जनाएको छ।

आज कार्वाही गरिएका पसलमा न्यु अमित किराना स्टोर्स ,वीरगंज ११ पर्सा ले खरिद बिल नदेखाएको कारण १० हजार जरिवाना गरिएको छ।वीरगन्ज वडा नं ८ मा रहेको आयुष गल्ला किराना पसलले खरिद बिल नदेखाएकोले रु ५ हजार जरिवाना गरिएको छ । वीरगन्ज वडा नं ६ मा रहेको मुकेश एण्ड केशरी किराना स्टोर्सले खरिद बिल नदेखाकोले १० हजार जरिवाना गरिएको छ।सोही वडामा रहेको राहुल एण्ड नविन किराना र भगवती किराना भण्डार लाई क्रमश ५ हजार र १० हजार जरिवाना गरिएको छ।त्यस्तै मुन्ना लाल किरानाले खरिद बिल नदेखाकोले रु ५ हजार मात्र तथा पिन्टु किराना भण्डारको सबै सामान्य देखिएको तत्काल जरिवाना नगरिएको जनाएको छ ।

जरिवाना गरिएको रकम ७ दिन भित्र राष्ट्रिय बाणिज्य बैंकमा दाखिला गरी भौचर कार्यालयमा पेश गर्न निर्देशन दिएको बाणिज्य आपुर्ति तथा उपभोक्ता संरक्षण कार्यालयका सूचना अधिकारी दिलिप खंग खत्वेले जानकारी गराएका छन ।

आज गरिएको अनुगमन बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयका निमित कार्यालय प्रमुख सुनिल चौरसियाको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय पर्सा , खाध प्रविधि तथा गुण नि कार्यालय पर्सा,जिल्ला प्रहरी कार्यालय पर्सा ,वीरगंज उधोग बाणिज्य संघ पर्सा,उपभोक्ता हित संरक्षण मञ्च पर्सा सहितको अनुगमन टोलीले वीरगंज बजार अनुगमन गरेका थिए।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close