‘सार्वजनिक जीवनमा महिला’ फोटो प्रदर्शनी वीरगन्ज र जनकपुरमा हुने

'सार्वजनिक जीवनमा महिला' फोटो प्रदर्शनी वीरगन्ज र जनकपुरमा हुने

राहुल गुप्ता
नेपाल पिक्चर लाइब्रेरीले आफ्नो फोटो प्रदर्शनी ‘सार्वजनिक जीवनमा महिला: महिलावादी स्मृतिको एक पहल’ को देशव्यापी यात्रा सुरू गर्न लागेको छ। यही कात्तिकबाट यो यात्रा सुरू हुन लागेको हाे।

सार्वजनिक जीवनमा महिला: महिलावादी स्मृतिको एक पहल’ नेपाल पिक्चर लाइब्रेरीको परियोजना हो, जसले नेपालको महिलावादी इतिहासलाई समृद्ध बनाउन योगदान पुर्‍याउँदै आएको छ। यस परियोजनाको उद्देश्य दृश्य अभिलेख, मौखिक इतिहास र सामुदायिक संलग्नतामार्फत नेपालको महिलावादी इतिहासलाई संरक्षण र प्रसार गर्नु हो।

यो परियोजना २०७५ सालमा नेपाल पिक्चर लाइब्रेरीको दस्तावेज र अभिलेख सृजनाको पहलबाट सरुु भएको हो र २०८० सालमा पुस्तकको रूपमा पनि प्रकाशित भएको थियो। यो प्रदर्शनीलेअहिलेसम्म काठमाडौँ (नेपाल), नयाँदिल्ली (भारत), कोची (भारत), इस्तानबलु (टर्की), सिगापुर र ब्रेडा (नेदरल्याण्ड) लगायतका विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय स्थानहरूमा यात्रा गरिसकेको छ। यस परियोजनाको मुख्य उद्देश्य दृश्य अभिलेख, मौखिक इतिहास, र सामदायिक संलग्नता मार्फत नेपालको महिलावादी इतिहासलाई संरक्षण र प्रसार गर्नु हो। यो प्रदर्शनीले ेनेपालका महिलाहरूको सार्वजर्वनिक जीवनमा रहेको योगदानलाई उजागर गर्दै नेपाली समाजमा उनीहरूको ऐतिहासिक महत्त्वलाई स्थापित गर्न चाहन्छ।

आयोजकका अनुसार देशव्यापी यात्राको पहिलो चरणमा वीरगन्ज र जनकपुरमा फोटो प्रदर्शनी हुनेछ। वीरगन्जको बिर्तामा रहेको त्रिजुद्ध महावीर प्रसाद रघुवीर राम माध्यमिक विद्यालयमा कात्तिक २, ३, र ४ गते हुँदैछ भने जनकपुरको तिरहुतिया गाछीमा ८, ९ र १० गते हुँदैछ।

पहिलो चरणको वीरगन्ज र जनकपुर यात्रापछि यो प्रदर्शनी बर्दिया, नेपालगंज, पोखरा, बागलुङ, पाल्पा, दाङ, रोल्पा, इलाम, झापा, विराटनगर, धरान, भोजपुर, बुटवल, भरतपुर र हेटौंडामा हुनेछ। प्रदर्शनीसँगै विभिन्न कार्यशाला, छलफल र सामुदायिक संवादहरू पनि आयोजना गरिनेछन् जसले महिलावादी इतिहासको समझदारीलाई अगाडि बढाउन महत्त्वपूर्ण भूमिका खेल्ने आयोजक नेपाल पिक्चर लाइब्रेरीको भनाई छ।

तस्बिरहरु:-

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close