नेपाली कांग्रेस द्वारा शुभ दिपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

नेपाली कांग्रेस द्वारा शुभ दिपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

राहुल गुप्ता
वीरगन्जको वडा -१४ स्थित पिपरा धर्मशालामा हिन्दुहरूको महान पर्व शुभ दिपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम को प्रमुख अतिथि रहनु भएका नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा संविधान सभा सदस्य अनिल रुङटा कार्यक्रममा दिपावली तथा छठ पर्वको शुभकामना दिँदै पार्टी हितका लागि पार्टी भित्र शुद्धताको आवश्यकता रहेको र सम्पूर्ण नेता कार्यकर्ताहरुलाई एकजुट भई अगाडी वढ्न जरुरी रहेको बताए। यदि कसैलाइ कुनै पनि समस्या आईपरेको खण्डमा वार्ड,क्षेत्र संग समन्वय गरि समस्याको समाधान गर्न २४ घण्टा सहयोग गर्न आफू तयार रहेको बताए ।

त्यस्तै विशिष्ट अतिथी रहेका नेपाली कांग्रेस का कार्यवाहक सभापति रामनारायण कुर्मीले शुभकामना व्यक्त गर्दै पार्टी भित्र देखिएको विभिन्न असन्तुष्टीहरुलाई चिर्नु पर्ने र पार्टीलाई बलियो एक ढिक्का बनाएर अघि बढ्न सबैले सहयोग गर्नु पर्ने धारणा व्यक्त गरे ।

नेपाली कांग्रेस एकाई सभापति बिशेस्वर पटेलको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेसका नेता कार्यकर्ता लगायत विभिन्न सर्वसाधारण ब्यक्तिहरुको उपस्थिति रहेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close