बारा जिल्ला बन्यो अपराधीहरुको अड्डा।कहाँ हराएको छ प्रहरी प्रशासन?

बारा जिल्ला बन्यो अपराधीहरुको अड्डा।कहाँ हराएको छ प्रहरी प्रशासन?

राहुल गुप्ता 

केही दिनयता बारा जिल्ला अपराधीहरुको अड्डा बन्दै गएको छ । दिदहादै लूटपाट , डकैती , गोलि प्रहार , हत्या जस्ता कार्यहरु दिनदिनै बढ्दै गएको छ । शान्ति सुरक्षामा प्रहरी प्रशासन पुरै फेल भएको अवस्था रहेको छ । खुला सिमाना भएको कारण पनि अपराधीहरुको मनोबल बढेको छ भने भारतीय प्रहरी संग आवस्यक समन्वय नभएपछी दिन दिनै नेपालको प्रहरी प्रशासन अपराधीक गतिविधिमा नियन्त्रण गर्न सकेको छैन ।

हिजो महागढीमाई नगरपालिका वडा नं १ सेमरा तेगछीया सानो टोलमा धारिलो हतियार प्रहारबाट गम्भीर घाइते भएका एकजना वृद्धको उपचारको क्रममा मृत्यु भएको छ। मृत्यु हुनेमा त्यहिका ६० वर्षिय श्रीनारायण यादव रहेको प्रहरीले जनाएको छ। यादव माथि आजै बेलुका ८ बजेतिर अज्ञात समूहले हतियार प्रहार गरेको थियोे। घटना स्थलमा सयौंको संख्यामा प्रहरी परिचालन गरिएको छ भने शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल कलैयामा राखिएको छ।

त्यस्तै केही दिन अघि बाराको सदरमुकाम कलैया बाटै एकजना वृद्धको साथबाट ५० हजार रुपैयाँ डराइ धम्क्याई लुटिन्छ। एक जना क्याम्पस प्रमुखलाई सहज तरीकाले निर्दयी रुपले हत्या गर्छन तर जिल्ला प्रहरी कार्यालय बाराले अपराधीलाई अपराध गर्नबाट रोक्न पटक पटक असफल हुँदा बाराबासी त्रासीत बनेका छन । त्यस्तै बालएकता बोडिङ्ग स्कूलका प्रधानाध्यापक रुपेश सराफको दिन दहाडै हत्या हुन्छ तर प्रहरीले केही गर्न सक्दैन ।

यो कस्तो संयोग हो? बारामा साचिकै सुरक्षा फितलो भएकै हो ? पछिल्लो दिनमा बारा जिल्ला अपराधीहरुको अड्डा बन्दै जानू र प्रहरी ले सुरक्षा दिन नसक्नु बारा वासीको लागि त्रासको बिषय बन्दै गएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close