प्र.का बिर्ता द्वारा विल विजक भन्दा बढी ट्रकमा लोड रहेको बिभिन्न समानहरु नियन्त्रणमा

वीरगंज,पर्सा

वडा प्रहरी कार्यालय बिर्ता ले विल विजक भन्दा बढी ट्रकमा लोड रहेको बिभिन्न समानहरु नियन्त्रणमा लिएको छ।

विल विजक भएका अगरवत्ती, हाडवेयर र कपडा लगायतका अन्य समानहरु समेत ना. ५ ख १८४५ नं.को मल बाहक ट्रकमा लोड गरी वीरगंजबाट वुटवल भैरहवा तर्फ जादै गरेको भन्ने बिशेष सुचनाको आधारमा उक्त ट्रक गाडीलाई खोजतलास एवं पक्राउको लागि वडा प्रहरी कार्यालय बिर्ता पर्सा बाट खटिएको प्रहरी टोलीले जिल्ला वीरगंज म.न.पा. वडा नं.६ महाविर स्थान स्थित ना. ५ ख १८४५ नं.को मल बाहक ट्रकलाई फेला पारी विल विजक चेकजाँच गर्दा बिल भन्दा बढी कपडा, हाडवेयर र अगरवत्ती लगायतका समानहरु समेत उक्त ट्रकमा लोड रहेको शंका लागी सो ट्रकलाई नियन्त्रणमा लिएको वडा प्रहरी कार्यालय बिर्ता का प्रहरी निरीक्षक बिदुर प्रसाद शिवाकोटी ले जानकारी दिए।

ट्रकमा लोड रहेको माल समानहरु समेत अं.मुल्य‌ रु. ५७,४४,६९०।-(सन्ताउन लाख चौवालिस हजार छ सय नव्वे मात्र) र ट्रकको अं.मुल्य रु. २०,००,०००।- (विस लाख) समेत गरी जम्मा अं.मुल्य रु.७७,४४,६९०।-(सतहत्तर लाख चौवालिस हजार नौ सय नव्वे) बराबरको उक्त ट्रक र सो ट्क भित्र लोड रहेको कपडा, हाडवेयर र अगरवत्ती लगायतका समानहरु समेत आवश्यक कारवाहीको लागी राजश्व अनुसन्धान कार्यालय पथलैया,बारामा पठाइएको व.प्र.का. प्रहरी निरीक्षक बिदुर प्रसाद शिवाकोटी ले जानकारी दिए।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close