
अभिलाष गुप्ता। मनमानी रूपमा सबारी चालकको साचो खोस्ने, जबरजस्ती निकाल्ने जस्तो कार्य गरिनु गैर कानूनी भएको भन्दै कानूनको विद्यार्थी विवेक चौधरीले नेपाल प्रहरी प्रधान कार्यालय समेतलाई विपक्षी बनाई उच्च अदालत पाटनमा दायर गर्नु भएको रिटमा मा.न्यायधिस श्री टंक प्रसाद गुरुङ्गको एकल इजलासले सुनुवाई गरेको थियो। सो सुनुवाइमा प्रहरीले सबारी चालकको गाडीको साचो खोस्न वा जबरजस्ती रुपमा निकाल्ने जस्तो कार्य गर्न मिल्छ भनेर उलेख गरेको अवस्था नभएको र प्रहरीले प्राप्त गरेको कानून बमोजिमको अधिकार भन्दा बढी अधिकार प्रयोग गरी आफ्नो अधिकार क्षेत्र नाघी हुदै नभएको अधिकार प्रयोग गर्ने गरेको कार्य गैर कानूनी रहेको भन्दै विद्वान अधिवक्ता रामप्रवेश यादव ज्यू निवेदकको तर्फबाट उपस्थित भई बहस गर्नु भएको लाई समर्थन गर्दै आईतबार न्यायधिस श्री टंक प्रसाद गुरुङ्गको इजलासले विपक्षीहरु नेपाल प्रहरी प्रधान कार्यालय र काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयसँग लिखित जवाफ मागेको छ।
सोही निवेदनमा निवेदकले माग गरेको अन्तरिम आदेशको सम्बन्धमा भने मंसिर ३ गतेको लागी छलफल मिति तोक्न आदेश दिएको छ। भनी विद्वान अधिवक्ता रामप्रवेश यादवले नागरिक २४ खबर लाई जानकारी गराएका थिए।