बिरगंजबाट काठमाडौं जाने सवारी साधनहरूले तोकिएको दरभन्दा पनि बढी भाडा तिर्न यात्रुहरु लाई बाध्यता।

बिरगंजबाट काठमाडौं जाने सवारी साधनहरूले तोकिएको दरभन्दा पनि बढी भाडा तिर्न यात्रुहरु लाई बाध्यता।

अभिलाष गुप्ता। बिरगंज बसपार्कमा छठ पर्व मनाएर बिरगंज एवम् अन्य ठाउहरुबाट काठमाडौं जाने यात्रुहरूको चाप बढेको छ। बिरगंज बाट काठमाडौंको लागि सवारी साधनहरूले तोकिएको भन्दा दोब्बर भाडा असुल गरिरहेका छन। रात्रिबसमा प्रती ब्यक्ती ८ सय देखि १ हजार रुपैया पर्ने भाडा अहिले काठमाडौं जाने यात्रुहरूको चाप बढेको कारण १५ सय देखि २ हजार रुपैयाँसम्म पुगेको छ।

यात्रुहरूले बिरगंज बाट काठमाडौं पुग्न अहिले पनि महँगो भाडा तिर्न बाध्य छन। सवारीसाधनका सञ्चालकहरूले भने काठमाडौंबाट यात्रुहरू फिर्ता नआउने र खाली सवारी पठाउनुपर्ने भएकाले दुवैतर्फको भाडा एउटै यात्रुसँग लिनुपरेको सफाइ दिएका छन्। उनिहरुको भनाई अनुसार चालक खर्च र इन्धनको मूल्य वृद्धिले भाडा बढाउनुपरेको उनीहरूको बताएका छन।

अहिले टाटासुमो बसपार्कमा नलगाई अन्यत्र राखेर यात्रुहरूसँग बढी भाडा असुल गरिरहेको पाइएको छ। विद्युतीय सवारीसाधनका लागि बसपार्कबाट बुकिङ गरिए पनि तोकिएको दरभन्दा बढी भाडा लिन थालिएको छ। टिकटमा भाडादर नलेखेर भुक्तानी मात्र लेख्ने गरिएका छन। ट्राफिक प्रहरीले यात्रुहरूले बढी भाडा तिरेको विषयमा कुनै लिखित गुनासो नदिएको एवम् ठाउ–ठाउमा हाम्रो ट्राफिक प्रहरीले चेकजाँच गर्ने काम हुँदै छ।तर पनि कुनै यात्रुहरुले उजुरी नगरेका कारण कारबाही गर्न नसकीएको बताए।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close